कोरोला नाकाबाट भित्रिएका ७७४ गाडी नियन्त्रणमा : भन्सार प्रणालीमाथि गम्भीर प्रश्न

मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। भन्सार छलि गरिएको आशंकामा जोमसोम, कुस्मा, हेम्जालगायत विभिन्न स्थानबाट ती गाडी नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरीका अनुसार गाडीहरू बिना नम्बर प्लेट विभिन्न जिल्लातर्फ लैजाँदै गर्दा पक्राउ परेका हुन्। ती सवारीसाधनहरू भन्सार प्रक्रिया पूरा नगरी वा करसम्बन्धी अनियमितता गरी भित्र्याइएको हुन सक्ने आशंकामा सम्बन्धित निकायमार्फत अनुसन्धान अघि बढाइएको छ। यसलेले सीमा व्यवस्थापन, राजस्व संकलन र आयात नियन्त्रण प्रणालीमा रहेका कमजोरीलाई उजागर गरेको छ।

यो घटनाले नगदमा आधारित अर्थतन्त्र र अनौपचारिक कारोबारले कसरी तस्करी तथा राजस्व छलीलाई सहज बनाउँछ भन्ने देखाउँछ। सीमावर्ती क्षेत्रमा हुने धेरै अवैध कारोबार नगदमार्फत हुने भएकाले त्यसको स्रोत, गन्तव्य र वास्तविक कारोबारी पहिचान गर्न कठिन हुन्छ। यदि सम्पूर्ण आयात-निर्यात, सवारी खरिदबिक्री, भन्सार शुल्क तथा कर भुक्तानी पूर्ण रूपमा डिजिटल माध्यमबाट मात्र गर्नुपर्ने व्यवस्था भएको भए यस्ता सवारीको वित्तीय ट्रेल सजिलै पत्ता लाग्थ्यो। नगदको प्रयोगले वास्तविक मालिक, रकमको स्रोत र कारोबारको श्रृंखला लुकाउन सहयोग गर्ने भएकाले तस्करी र कर छली बढ्ने वातावरण सिर्जना हुन्छ।

यस कारण सरकारले चरणबद्ध रूपमा नोट खारेजीको नीति अवलम्बन गर्न आवश्यक देखिन्छ। दैनिक उपभोगका सामान खरिद, यातायात भाडा, होटल, पसल वा अन्य सेवाका लागि QR, POS मेसिन, मोबाइल बैंकिङ र डेबिट कार्ड पर्याप्त विकल्प हुन सक्छन्। तर ठूलो रकमको नगद कारोबार भने तस्करी, राजस्व छली, अवैध आयात र आर्थिक अपराधमा प्रयोग हुने जोखिम बढी हुन्छ। त्यसैले सरकारले सबै उच्च मूल्यका कारोबारलाई अनिवार्य डिजिटल बनाई नगदको प्रयोग क्रमशः हटाउने नीति ल्याउनुपर्छ।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ