लुटपाटप्रति अर्थमन्त्रीको आश्चर्य: नगद प्रणालीमै समस्या लुकेको छ

अर्थमन्त्रीले लुटपाटका घटनाबारे रिपोर्ट देखेर आफू चकित भएको बताएका छन्। उनले विगतको दोहन र लुटतन्त्रको प्रतिवेदन पढ्दा स्तब्ध हुने र त्यो अब रोकिनुपर्ने बताएका छन्। । यस्ता घटनाले राज्यको कानून व्यवस्था कमजोर भएको सन्देश दिन्छ र जनविश्वास घटाउँछ।

तर यी घटनाको मूल कारण नगदमा आधारित अर्थतन्त्र हो भन्ने कुरा स्पष्ट छ। नगद सजिलै भ्रस्टाचार गर्न सकिन्छ, ट्र्याक गर्न सकिँदैन र अपराधीलाई पहिचान गर्न गाह्रो हुन्छ। यदि नोट खारेजी गरी सम्पूर्ण कारोबार डिजिटल बनाइयो भने यस्ता भ्रस्टाचारको आकर्षण नै घट्छ।त्यसैले सरकारले तुरुन्त डेबिट कार्ड अनिवार्य प्रणाली लागू गर्दै ६ महानगरमा डिजिटल कारोबार पूर्ण रूपमा लागू गर्नुपर्छ। पसलदेखि सार्वजनिक सेवा सबैमा नगदरहित भुक्तानी अनिवार्य गर्ने, बैंकिङ पहुँच विस्तार गर्ने र जनचेतना अभियान सञ्चालन गर्ने आवश्यक छ। यदि अर्थमन्त्री वास्तवमै चिन्तित छन् भने व्यवहारिक कदम चालेर नोट खारेजीतर्फ अघि बढ्नुपर्छ, नत्र पुरानै जस्तो ढिलासुस्तीले समस्या अझ बढ्नेछ।

पूरा समाचार पढ्नुहोस: OnlineKhabar

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ