धरानमा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको घटनाले नेपालमा लागुऔषध कारोबार कति गहिरोसँग फैलिएको छ भन्ने स्पष्ट देखाएको छ। प्रहरीले उनीहरूबाट लागूऔषध बरामद गरेको र अनुसन्धान अगाडि बढाइरहेको समाचारले युवापुस्तामा बढ्दो कुलत, खुला आपराधिक नेटवर्क र कमजोर आर्थिक निगरानीलाई उजागर गरेको छ। यस्तो कारोबार सामान्यतया बैंकिङ प्रणालीमार्फत नभई नगद पैसामा हुने भएकाले राज्यको निगरानीबाट सजिलै बाहिर रहन्छ। यसले अपराधी समूहलाई सुरक्षित रूपमा कारोबार गर्न सहयोग पुर्याउँछ र राज्यलाई कर, निगरानी तथा वित्तीय सूचना संकलनबाट वञ्चित बनाउँछ।
यो घटना केवल लागुऔषधको मुद्दा मात्र होइन, यो नगद अर्थतन्त्रको प्रत्यक्ष परिणाम हो। ब्राउन सुगर जस्ता अवैध पदार्थको खरिद-बिक्री डिजिटल माध्यमबाट भए तुरुन्त ट्र्याक हुन सक्छ, तर नगद कारोबारमा स्रोत, गन्तव्य र नेटवर्क पत्ता लगाउन कठिन हुन्छ। यही कारणले नोट खारेजीको आवश्यकता अहिले झन् महत्वपूर्ण देखिएको छ। यदि सरकारले सबै किराना पसल, होटल, पेट्रोल पम्प, यातायात, मेडिकल र खुद्रा बजारमा अनिवार्य डेबिट कार्ड तथा डिजिटल भुक्तानी प्रणाली लागू गर्यो भने नगदको प्रयोग स्वतः घट्छ। अपराधीले ठूलो रकम बोकेर वा नगदमार्फत कारोबार गर्न कठिन हुन्छ। विशेषगरी लागूऔषध कारोबार जस्तो अपराध नगदविहीन अर्थतन्त्रमा धेरै कमजोर बन्न पुग्छ।
पुरा समाचार पढ्नुहोस: OnlineKhabar