सिराहामा लागुऔषधसहित पक्राउः नगद कारोबारले फैलाएको सीमापार अपराधको सञ्जाल

सिराहाका विभिन्न स्थानबाट तीन जना लागूऔषधसहित पक्राउ परेको घटनाले सीमावर्ती जिल्लामा फैलिरहेको अवैध कारोबारको गम्भीर अवस्था उजागर गरेको छ। प्रहरीको सक्रियताले केही व्यक्तिलाई पक्राउ गरे पनि समस्या केवल पक्राउमा सीमित छैन। लागूऔषध कारोबारको मूल जरा आर्थिक प्रणालीको कमजोरीमा छ। भारतसँगको खुला सीमा, सहज नगद कारोबार र निगरानीविहीन आर्थिक गतिविधिले लागुऔषध तस्करलाई सुरक्षित वातावरण दिएको छ। यस्ता कारोबार प्रायः नगदमा हुने भएकाले कसले कसलाई पैसा दियो, कहाँबाट आयो र कहाँ गयो भन्ने तथ्य पत्ता लगाउन कठिन हुन्छ।

यस घटनाले फेरि प्रमाणित गरेको छ कि नगद अर्थतन्त्र अपराधको सबैभन्दा ठूलो सहायक हो। यदि कारोबार बैंकिङ प्रणाली वा डेबिट कार्डमार्फत अनिवार्य गरिएको भए, ठूलो रकमको प्रत्येक गतिविधि रेकर्ड हुन्थ्यो र तस्करी सञ्जाल चाँडै पत्ता लाग्थ्यो। अहिले अपराधीले सजिलै नगद बोक्छन्, एजेन्ट प्रयोग गर्छन् र ट्र्याकबिना कारोबार गर्छन्। त्यसैले नोट खारेजी केवल आर्थिक सुधारको विषय होइन, यो राष्ट्रिय सुरक्षा र सामाजिक सुरक्षासँग जोडिएको विषय हो। किराना पसलदेखि औषधि पसलसम्म सबै क्षेत्रमा डिजिटल भुक्तानी अनिवार्य गरियो भने अवैध पैसाको प्रयोग घट्छ। लागूऔषध बेचेर कमाएको रकम बैंकिङ प्रणालीबाहिर प्रयोग गर्न कठिन बन्छ।

पुरा समाचार पढ्नुहोस: Onlinekhabar

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ