उद्योगी शेखर गोल्छा प्रहरी नियन्त्रणमा परेको समाचारले आर्थिक अनियमितता र ठूला स्तरका कारोबारमा पारदर्शिताको अभावलाई उजागर गरेको छ। यस्ता घटनाहरूले व्यवसायिक क्षेत्रमा विश्वासको संकट सिर्जना गर्छन् र आर्थिक प्रणालीमा प्रश्न उठाउँछन्। ठूला उद्योगीहरू समेत अनुसन्धानको दायरामा आउनुले वित्तीय अनुशासन कमजोर रहेको देखाउँछ।
यस्ता ठूला आर्थिक अनियमितता पत्ता लगाउन सबैभन्दा प्रभावकारी उपाय डिजिटल ट्रान्जेक्सन हो। नगद अर्थतन्त्रमा ठूलो रकम सजिलै लुकाउन सकिन्छ, तर डिजिटल प्रणालीमा प्रत्येक लेनदेनको स्पष्ट ट्रेल हुन्छ। यदि नोट खारेजी गरी सम्पूर्ण कारोबार डिजिटल गरियो भने, अनुसन्धान सजिलो हुन्छ र कुनै पनि आर्थिक अपराध तुरुन्तै पत्ता लाग्न सक्छ। नगदकै कारण यस्तो अनियमितता लुक्न सकेको हो भन्ने स्पष्ट हुन्छ।नगद पैसा सामान्य उपभोगका लागि प्रयोग हुने भए पनि यही माध्यमले भ्रष्टाचार, कर छलि र ठगीलाई सहज बनाएको छ। त्यसैले सरकारले तुरुन्त ६ महानगरमा डेबिट कार्ड अनिवार्य गरी, सबै पसलमा POS प्रणाली लागू गर्नुपर्छ। यसका लागि बैंकिङ पहुँच विस्तार, डिजिटल साक्षरता र सरल भुक्तानी प्रणाली आवश्यक हुन्छ। यस्तो कदमले नयाँ सरकारले पुराना सरकारभन्दा फरक देखाउँदै पारदर्शी र सुरक्षित आर्थिक प्रणाली निर्माण गर्न सक्छ।
पुरा समाचार पढ्नुहोस: OnlineKhabar