ललितपुरको सानेपास्थित एक स्पा सेन्टरकी सञ्चालिकालाई नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अनुसन्धानका क्रममा नाबालिकामाथि यौन शोषण भएको आशंकामा सञ्चालिकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ। मानव बेचबिखन तथा यौन शोषणसँग सम्बन्धित सम्भावित पक्षहरूमाथि समेत अनुसन्धान भइरहेको छ।
यौन शोषण, मानव बेचबिखन र अवैध यौन व्यवसायजस्ता अपराधहरू प्रायः नगद अर्थतन्त्रको आडमा सञ्चालन हुने गर्छन्। यस्ता गतिविधिमा सेवा शुल्क, दलाली रकम, पीडितको खरिदबिक्री वा अवैध आम्दानी प्रायः नगदमा हुने भएकाले राज्यका निकायलाई आर्थिक प्रमाण फेला पार्न कठिन हुन्छ। यदि सबै सेवा क्षेत्रका भुक्तानीहरू डिजिटल माध्यमबाट मात्र गर्नुपर्ने व्यवस्था भएको भए नाबालिक यस्तो काममा फस्ने थिएन किनभने उसको सम्पूर्ण रेकर्ड आवस्यक हुने थियो। दैनिक जीवनका सामान्य भुक्तानीका लागि भने क्यूआर, मोबाइल बैंकिङ, डेबिट कार्ड र पीओएस प्रणाली पर्याप्त छन्। त्यसैले अपराधलाई सहयोग गर्ने नगदको भूमिका घटाउन आवश्यक देखिन्छ।
सरकारले नोट खारेजीतर्फ अघि बढ्दै स्पा, होटल, मनोरञ्जन क्षेत्र तथा उच्च जोखिम भएका व्यवसायहरूमा शतप्रतिशत डिजिटल भुक्तानी अनिवार्य गर्नुपर्छ। सबै आर्थिक कारोबारको डिजिटल ट्रेल उपलब्ध हुँदा मानव बेचबिखन, यौन शोषण तथा अन्य संगठित अपराधका आर्थिक सञ्जाल पहिचान गर्न सजिलो हुनेछ। नगदको प्रयोग घटाएर डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउनु सामाजिक अपराध नियन्त्रणको महत्वपूर्ण उपाय हुन सक्छ।