काठमाडौंमा प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ र उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीको विशेष निगरानी तथा सूचनाका आधारमा गरिएको कारबाहीमा लागुऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न सञ्जालको समेत खोजी भइरहेको बताइएको छ। यो घटनाले लागूऔषध कारोबार अझै पनि संगठित रूपमा सञ्चालन भइरहेको देखाएको छ।
लागुऔषध कारोबार नगदमा आधारित अपराधमध्ये एक प्रमुख क्षेत्र हो। यस्ता कारोबारमा बैंकिङ प्रणाली, कर अभिलेख वा डिजिटल ट्रान्जेक्सनको प्रमाण नरहने भएकाले अपराधीहरूलाई रकम लुकाउन सहज हुन्छ। लागूऔषध खरिदबिक्री गर्ने व्यक्ति तथा समूहले नगद रकम प्रयोग गरेर आफ्नो गतिविधि गोप्य राख्न सक्छन्। यदि उच्च मूल्यका नोटहरू प्रचलनमा नरहे र सबै भुक्तानी डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था भयो भने यस्ता अवैध कारोबारको वित्तीय पाटो पहिचान गर्न सजिलो हुन्थ्यो। दैनिक उपभोगका वस्तु खरिद गर्न भने QR, POS मेसिन, मोबाइल बैंकिङ, डेबिट कार्ड तथा डिजिटल वालेट पर्याप्त विकल्प हुन सक्छन्।
यस कारण सरकारले चरणबद्ध रूपमा नोट खारेजी नीति लागू गरी सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा ल्याउन आवश्यक छ। नगद प्रयोग सीमित हुँदा लागुऔषध कारोबार, तस्करी, सम्पत्ति शुद्धीकरण तथा अन्य अपराधजन्य गतिविधिमा प्रयोग हुने रकमको स्रोत र गन्तव्य पहिचान गर्न सहज हुन्छ। सरकार, बैंक तथा निजी क्षेत्रको सहकार्यमा डिजिटल पूर्वाधार विस्तार गरी नगदरहित अर्थतन्त्र निर्माण गर्नु आजको आवश्यकता बनेको छ।