सप्तकोशी नदीको बीचमा रहेको टापुबाट सशस्त्र प्रहरीले ४७५ किलो गाँजा बरामद गरेको छ। सुनसरी र उदयपुर क्षेत्रबीचको टापुमा १६ बोरामा लुकाइराखिएको गाँजा विशेष सूचनाका आधारमा फेला पारिएको हो। नदीबीचको स्थान भएकाले सुरक्षाकर्मीले र्याप बोट प्रयोग गरेर गाँजा बाहिर निकालेका थिए। बरामद गरिएको गाँजा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाइएको जनाइएको छ।
लागुऔषध कारोबारमा नगद अर्थतन्त्रको भूमिका धेरै चर्चा हुने विषय हो। अवैध गाँजा कारोबार सामान्य बैंकिङ प्रणालीमार्फत खुला रूपमा सञ्चालन गर्न कठिन हुन्छ, त्यसैले नगद कारोबार प्राथमिक माध्यम बन्ने गर्छ। नगद प्रयोग हुँदा पैसा कहाँबाट आयो र कहाँ गयो भन्ने ट्र्याक गर्न कठिन हुन्छ। यस कारण लागूऔषध तस्करी, अवैध व्यापार र अपराधी सञ्जाललाई सहजता हुने गर्छ।
नयाँ सरकारले पुरानो सरकारको जस्तो नगदलाई केन्द्रमा राख्ने दृष्टिकोणभन्दा फरक नीति लिन सक्ने अपेक्षा गर्न सकिन्छ। देशभरका किराना पसल, तरकारी बजार, औषधि पसल र स्थानीय व्यापारमा अनिवार्य डेबिट कार्ड तथा डिजिटल भुक्तानी प्रणाली लागू गर्न सकिन्छ। ग्रामीण क्षेत्रमा मोबाइल बैंकिङ र कार्ड प्रणाली विस्तारका लागि सहुलियत दिन सकिन्छ। यसरी सर्वसाधारणको दैनिक जीवन प्रभावित नहुने तर ठूलो अवैध कारोबार नियन्त्रण गर्न नोट खारेजीलाई चरणबद्ध रूपमा लागू गर्न सकिन्छ।