२५ वर्ष कैद सजाय तोकिएका एक फरार कैदी पक्राउ परेको छ। यसले नेपालमा अपराधीहरू लामो समयसम्म कसरी लुक्न सफल हुन्छन् भन्ने प्रश्न उठाएको छ। हत्या मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका व्यक्ति कारागारबाट फरार भएपछि लामो समय लुकिछिपी बसेका थिए। अन्ततः प्रहरी टोलीले उनलाई ललितपुरबाट पक्राउ गरी पुनः कारागार पठाएको छ।
नेपालमा फरार अपराधी लामो समयसम्म पक्राउ नपर्नुको मुख्य कारणमध्ये एक नगद अर्थतन्त्र पनि हो। नगदमा कोठा भाडा तिर्न, सामान किन्न, यात्रा गर्न वा पहिचान लुकाएर बस्न सजिलो हुन्छ। बैंकिङ प्रणाली बाहिर हुने कारोबारका कारण राज्यले अपराधीको गतिविधि ट्र्याक गर्न सक्दैन। यदि सबै कारोबार डिजिटल हुन्थ्यो भने अपराधीले खर्च गरेको पैसा, बसोबास, यात्रा र कारोबारको डिजिटल रेकर्ड देखिन्थ्यो। त्यसैले केवल प्रहरी कारबाहीले मात्र अपराध नियन्त्रण हुँदैन, आर्थिक प्रणालीलाई पनि पारदर्शी बनाउन आवश्यक छ।
नयाँ सरकारले नोट खारेजीसहित पूर्ण डिजिटल भुक्तानी प्रणाली लागू गर्नुपर्छ। होटल, कोठा भाडा, यातायात, अस्पताल, पसल र अन्य सेवा क्षेत्रमा नागरिक परिचयपत्रसँग जोडिएको डिजिटल भुक्तानी अनिवार्य गरिनुपर्छ। यसले सामान्य नागरिकको दैनिक जीवनलाई असर गर्दैन किनकि डेबिट कार्ड वा मोबाइलबाट सजिलै किनमेल गर्न सकिन्छ। तर अपराधी, फरार कैदी, भ्रष्ट व्यक्ति र अवैध समूहलाई पहिचान लुकाएर बस्न कठिन हुनेछ। पुराना सरकारले केवल नारामा सीमित गरेको डिजिटल शासनलाई नयाँ सरकारले व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता देखिएको छ।