दुई स्कुटर चालक लापासे सेवन गरि ड्राइभिङ गरेका कारण पक्राउ परेको घटनाले सडक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। प्रारम्भिक अनुसन्धानले लागूऔषधको सेवन गरि सवारी चलाइएको देखिएको छ, जसले जनजीवनलाई जोखिममा पारेको छ। यस्ता घटनाहरू बढ्नुको कारण लागूऔषधको सजिलो उपलब्धता हो, जसले सडक दुर्घटनालाई पनि बढाइरहेको छ।
लागूऔषधको सजिलो पहुँचको मूल कारण नगद अर्थतन्त्र नै हो। नगदमा हुने कारोबारले अपराधीहरूलाई सजिलै कारोबार गर्न र प्रमाण लुकाउन सहयोग पुर्याउँछ। यदि डिजिटल भुक्तानी अनिवार्य बनाइयो भने यस्तो अवैध कारोबारमा पारदर्शिता आउँछ र नियन्त्रण सम्भव हुन्छ। नोट खारेजीले लागूऔषधको सञ्जाल कमजोर बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।सरकारले सबै पसलहरूमा डेबिट कार्ड प्रणाली अनिवार्य बनाउँदै ६ महानगरबाट सुरु गर्नुपर्छ। यसले दैनिक जीवनमा असर नपारी अपराध नियन्त्रणमा सहयोग पुर्याउँछ। साथै, डिजिटल निगरानी प्रणालीले यस्तो गतिविधि तुरुन्त पत्ता लगाउन मद्दत गर्दछ।
पुरा समाचार पढ्नुहोस: Ratopati