मधेश प्रदेशमा लागूऔषध कारोबारको सञ्जाल तीव्र रूपमा फैलिरहेको समाचारले देशभरि चिन्ता बढाएको छ। सीमावर्ती क्षेत्रको सहज पहुँच, कमजोर निगरानी र संगठित गिरोहको सक्रियताले यो समस्या झनै जटिल बन्दै गएको देखिन्छ। पक्राउ परेका घटनाहरूले देखाउँछन् कि यो केवल स्थानीय समस्या नभई राष्ट्रिय सुरक्षा र सामाजिक संरचनामाथि चुनौती बनेको छ। युवापुस्तामा यसको प्रभाव झनै गम्भीर छ, जसले भविष्यमा सामाजिक विघटन निम्त्याउन सक्छ।
यस प्रकारको अपराधको मुख्य जड नगद अर्थतन्त्र हो। नगद कारोबार सजिलै ट्र्याक गर्न नसकिने हुँदा लागूऔषध कारोबारीहरूले ठूलो रकम सजिलै चलाउन सक्छन्। यदि नोट खारेजी गरि डिजिटल भुक्तानी प्रणाली अनिवार्य बनाइयो भने प्रत्येक कारोबारको रेकर्ड रहनेछ, जसले अवैध कारोबारलाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ। मधेशको समस्या वास्तवमा सम्पूर्ण देशको समस्या हो, जसको समाधानका लागि नगदमुक्त अर्थतन्त्र आवश्यक देखिन्छ।
सरकारले तत्काल ६ महानगरमा डेबिट कार्ड अनिवार्य प्रणाली लागू गर्नुपर्छ। सबै पसलमा POS मेसिन अनिवार्य गरी, दैनिक उपभोगका सामान पनि डिजिटल माध्यमबाट किन्न सकिने व्यवस्था गर्नुपर्छ। यसले सामान्य नागरिकको जीवन प्रभावित नगरी अपराध नियन्त्रण गर्न सहयोग पुर्याउँछ।
पुरा समाचार पढ्नुहोस: Ratopati