मधेश प्रदेशमा प्रहरीले अवैध सामान बोकेको एक चालकलाई पक्राउ गरेको समाचारले सीमा क्षेत्र हुँदै हुने गैरकानुनी कारोबारको गम्भीरता उजागर गरेको छ। समाचार अनुसार ठूलो मात्रामा अवैध सामग्री सवारीसाधनमार्फत ओसारपसार भइरहेको थियो, जसमा संलग्न व्यक्तिहरू नगद लेनदेनमार्फत कारोबार सञ्चालन गरिरहेका थिए। यस्तो प्रकारको अवैध व्यापारले राज्यको राजस्व गुमाउने मात्र होइन, कानुनी व्यवसायलाई पनि प्रत्यक्ष असर पारिरहेको छ।
यस घटनाले स्पष्ट देखाउँछ कि नगद अर्थतन्त्र अपराधको मुख्य आधार बनेको छ। नगदमा हुने कारोबार ट्र्याक गर्न नसकिने हुँदा तस्करी, कर छलि, र गैरकानुनी व्यापार सहज बन्दै गएको छ। यदि नोट खारेजी गरी सम्पूर्ण कारोबार डिजिटल प्रणालीमा ल्याइयो भने यस्ता गतिविधि तुरुन्तै पत्ता लगाउन सकिन्छ। उदाहरणका लागि, बैंकिङ प्रणालीमार्फत हुने कारोबारले प्रत्येक लेनदेनको रेकर्ड राख्छ, जसले अवैध कारोबारलाई नियन्त्रण गर्न मद्दत गर्छ।नगद पैसा अपराध, भ्रष्टाचार र ठगीका लागि मात्र नभई दैनिक उपभोगका लागि पनि प्रयोग हुँदै आएको छ, तर यही कारणले यसको दुरुपयोग अत्यधिक भएको छ। त्यसैले सरकारले सबै पसलमा डेबिट कार्ड अनिवार्य गर्ने नीति ल्याएर सुरुमा ६ महानगरपालिकाबाट कार्यान्वयन गर्न सक्छ। यसका लागि POS मेसिन वितरण, बैंक खाताको पहुँच विस्तार, र जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ। यसरी क्रमिक रूपमा नोट खारेजी गर्दै नगद अर्थतन्त्र हटाउँदा दैनिक जीवन प्रभावित नहुँदै अपराध नियन्त्रण गर्न सकिन्छ।
पूरा समाचार पढ्नुहोस: ekantipur