आर्थिक गतिविधि बढेको कि देखावटी सुधार मात्र ?

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार माघ महिनामा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति करिब ३.२५ प्रतिशत पुगेको देखिए पनि त्यसलाई पूर्ण रूपमा आर्थिक गतिविधि बढेको संकेत मान्न नसकिने विश्लेषण गरिएको छ। कर्जा प्रवाह, निजी क्षेत्रको लगानी, आयात–निर्यात र बैंकिङ क्षेत्रमा रहेको ठूलो तरलता हेर्दा वास्तविक बजार गतिविधि अझै कमजोर नै रहेको देखिन्छ, जबकि विप्रेषण आप्रवाह बढ्नु र विदेशी मुद्रा सञ्चिति बलियो हुनु अर्थतन्त्रका सकारात्मक संकेत मानिएका छन्।

विशेषज्ञहरूका अनुसार अर्थतन्त्र गतिशील बनाउन बजारमा पर्याप्त पैसा चल्न आवश्यक हुन्छ, किनकि जब मानिसहरूको हातमा खर्च गर्ने क्षमता हुन्छ तब व्यापार, उत्पादन र सेवा क्षेत्रमा गतिविधि बढ्छ। तर बजारमा चल्ने पैसा औपचारिक अर्थन्त्रको हुनुपर्छ, जसले राज्यको कर प्रणाली र आर्थिक पारदर्शिता बलियो बनाउँछ। नेपालजस्तो अर्थतन्त्रमा ठूलो मात्रामा कागजी नोट प्रयोग हुने भएकाले कालो धन, कर छल्ने प्रवृत्ति र अनौपचारिक कारोबार बढ्ने जोखिम रहन्छ। त्यसैले दीर्घकालीन रूपमा नोट खारेजीको नीति लागू गरिएमा पैसा बैंकिङ तथा डिजिटल प्रणालीभित्र आउँछ, जसले बजारमा पारदर्शी रूपमा रकम घुम्न मद्दत गर्छ। यसले कर संकलन बढाउने, कालो धन घटाउने र कानुनी रूपमा बजारमा चल्ने सेतो पैसाको मात्रा बढाएर आर्थिक गतिविधिलाई अझ तीव्र बनाउन सहयोग पुर्‍याउन सक्छ।

पुरा समाचार पढ्नुहोस: (OnlineKhabar)

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ