काठमान्डूमा एक विदेशी नागरिकमाथि आक्रमण गरी लुटपाट गरेको घटनामा तीन जना पक्राउ परेको छ। अपराधीहरूले विदेशी नागरिकलाई लक्ष्य बनाएर उनको सम्पत्ति लुट्ने प्रयास गरेका थिए। यस्ता घटनाहरूले देशको सुरक्षामा प्रश्न उठाउनुका साथै अन्तर्राष्ट्रिय छविमा पनि असर पार्छ। विशेष गरी नगद बोकेका व्यक्तिहरू सजिलै निशाना बन्ने गरेका छन्।
यस प्रकारका अपराधको मूल कारण पनि नगद अर्थतन्त्र नै हो। चोरी गरिएका सामानहरू सजिलै नगदमा रूपान्तरण गर्न सकिन्छ, जसले अपराधलाई प्रोत्साहन दिन्छ। नगदको कुनै ट्र्याकिङ नहुने भएकाले अपराधीलाई पक्राउ गर्न पनि कठिन हुन्छ। यदि सबै कारोबार डिजिटल माध्यमबाट हुने हो भने चोरीको सामान बेच्न वा प्रयोग गर्न कठिन हुन्छ, जसले यस्ता घटनाहरू स्वतः घटाउँछ। नगदले अपराध, ठगी र कालोबजारीलाई सहज बनाइरहेको स्पष्ट देखिन्छ।यस समस्याको समाधानका लागि सरकारले तुरुन्त नोट खारेजीको नीति अघि बढाउनुपर्छ। सबै पसल, होटल, यातायात लगायत क्षेत्रमा डेबिट कार्ड र डिजिटल भुक्तानी अनिवार्य गर्नुपर्छ। पहिलो चरणमा ६ महानगरमा लागू गरेर विस्तार गर्न सकिन्छ। साथै, CCTV, डिजिटल बिलिङ र बैंकिङ अनिवार्यता जोडेर अपराध नियन्त्रणलाई बलियो बनाउन सकिन्छ। यसले विदेशी तथा स्वदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्नेछ।
पुरा समाचार पढ्नुहोस: OnlineKhabar