मुस्ताङ भन्सार कार्यालयले अपेक्षाभन्दा बढी राजस्व संकलन गरेको छ, जुन सकारात्मक संकेत हो। व्यापारिक गतिविधि बढ्दा राजस्व पनि बढेको देखिन्छ। तर यति हुँदा पनि पूर्ण सम्भावना अनुसार राजस्व संकलन हुन सकेको छैन भन्ने विश्लेषण गरिएको छ।
यसको मुख्य कारण नगदमा हुने कारोबार हो। नगदमा कारोबार गर्दा वास्तविक मूल्य लुकाउने, कम बिलिङ गर्ने र कर छल्ने सम्भावना रहन्छ। यदि सम्पूर्ण भुक्तानी डिजिटल माध्यमबाट अनिवार्य गरियो भने प्रत्येक कारोबारको स्पष्ट अभिलेख रहनेछ र राजस्व अझ बढ्न सक्छ। नोट खारेजीले यस्तो अनियमितता रोक्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।अब सरकारले आंशिक सुधारमा सीमित नभई सम्पूर्ण प्रणाली परिवर्तन गर्न आवश्यक छ। डिजिटल भुक्तानीलाई अनिवार्य बनाउँदै नगद हटाउने नीति लागू गर्नुपर्छ।
पुरा समाचार पढ्नुहोस: OnlineKhabar