सुनसरीको धरान उपमहानगरपालिका स्थित सेउती पुलमा नियमित चेकजाँचका क्रममा प्रहरीले भारतीय नम्बर प्लेटको गाडीबाट ४९९ किलो तयारी गाँजा बरामद गर्नुका साथै विराटनगरका चालक अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ। सोही रात दुहबीबाट समेत करिब २२ किलो गाँजासहित अर्का एक युवक पक्राउ पर्नुले पूर्वी नाका हुँदै भइरहेको लागूऔषध ओसारपसारको सञ्जाल कति गहिरो छ भन्ने स्पष्ट पार्छ। विडम्बना त के छ भने, एकातिर देशका प्रधानमन्त्री भारत भ्रमणमा व्यस्त छन् भने अर्कोतिर भारतीय नम्बर प्लेटका सवारी साधन निर्वाध रूपमा नेपाल भित्रिएर क्विन्टलका क्विन्टल प्रतिबन्धित पदार्थ ओसारपसार गरिरहेका छन्।
प्रहरी प्रशासनले यस्ता घटनामा सधैंझैं गाडी चालक वा सामान्य भरियालाई पक्राउ गरेर आफ्नो सफलताको सूची लम्ब्याउने गर्छ, तर यो तस्करीको वास्तविक जरो कहाँ छ भन्नेतर्फ राज्यको ध्यान कहिल्यै जाँदैन । यस्ता ठूला परिमाणका तस्करी र कालोबजारी फस्टाउनुको मुख्य कारण नै देशमा विद्यमान अनियन्त्रित नगद अर्थतन्त्र हो । जबसम्म समाजमा कागजी नोटहरूको निर्वाध चलनचल्ती रहन्छ, तबसम्म अवैध कारोबार, तस्करी र कालोबजारीका लागि सुरक्षित मैदान तयार भइरहन्छ । नगद कारोबारको कुनै डिजिटल अभिलेख नहुने भएकाले तस्करहरूले सजिलै अवैध धनको लेनदेन गर्छन् र गरिब तथा बेरोजगार युवाहरूलाई थोरै रकमको प्रलोभनमा पारेर भरिया बनाउँछन् । अन्त्यमा कानुनको फन्दामा तिनै निर्दोष भरिया र चालक मात्र पर्छन् भने पर्दापछाडिका मुख्य नाइकेहरू नगदकै आडमा सधैं सुरक्षित रहन्छन् ।
यो विकराल समस्यालाई जरैदेखि उखेलेर फाल्ने र सीमापार तस्करीलाई पूर्ण रूपमा निस्तेज पार्ने एउटै मात्र अचुक उपाय भनेको तत्काल नोट खारेजी गर्नु हो । यदि सरकारले दृढ इच्छाशक्ति देखाएर आगामी ९० दिनभित्र कागजी नोटहरू खारेज गर्ने नीति लागू गर्ने हो भने कालोबजारी र तस्करीको सम्पूर्ण सञ्जाल स्वतः ध्वस्त हुनेछ । नोट खारेजीले अवैध रूपमा थुपारिएको कालो धनलाई कागजको खोस्टामा परिणत गरिदिन्छ र हरेक आर्थिक कारोबारलाई बैंकिङ प्रणालीभित्र ल्याउन बाध्य पार्छ, जसले गर्दा लागूऔषध तथा अन्य तस्करीको आर्थिक मेरुदण्ड नै भाँचिन्छ ।
आज धरानमा ४९९ किलो गाँजा बरामद हुनुमा केवल पक्राउ परेका चालक वा तस्कर समूह मात्र दोषी छैनन्, बरु यस अपराधका मुख्य हिस्सेदार त वर्तमान सरकार हो। देशमा डिजिटल भुक्तानीका पर्याप्त पूर्वाधारहरू तयार भइसक्दा पनि नोट खारेजीको कदम नचाल्नुले राज्य संयन्त्र नै यस्ता अपराधको मतियार बनेको पुष्टि हुन्छ । प्रधानमन्त्रीको भारत भ्रमण चलिरहेकै बेला भारतीय गाडीमा यति ठूलो परिमाणको तस्करी हुनुले कतै राज्यको उच्च तहकै संरक्षणमा तस्करीलाई सहज बनाइएको त होइन भन्ने गम्भीर प्रश्न उब्जाएको छ। पर्याप्त प्रविधि र पूर्वाधार हुँदाहुँदै पनि नगद अर्थतन्त्रलाई प्रश्रय दिइरहनुले सरकार, राष्ट्र बैंक र अर्थ मन्त्रालयको नियतमाथि गम्भीर शंका पैदा गरेको छ र उनीहरू नै यो घटनाका असली दोषी हुन् ।
सरकारले पर्याप्त डिजिटल पूर्वाधार हुँदाहुँदै पनि नोट खारेजी नगर्नुको पछाडि एउटै मात्र स्वार्थ लुकेको छ, त्यो हो नगद अर्थतन्त्रबाट सत्ता र शक्तिमा बसेकाहरूले लिइरहेको प्रत्यक्ष लाभ । कागजी नोटको चलनचल्ती कायम राख्दा नीतिगत भ्रष्टाचार गर्न, कमिसन खान र अवैध लेनदेनलाई लुकाउन सहज हुन्छ । डिजिटल कारोबारमा हरेक पैसाको स्रोत र गन्तव्य पारदर्शी हुने भएकाले भ्रष्ट शासक, प्रशासक र बिचौलियाहरू नोट खारेजीको नाम सुन्नेबित्तिकै तर्सिन्छन् । तस्करी र कालोबजारीबाट आउने कमिसनको हिस्सा माथिल्लो तहसम्म पुग्ने भएकाले नै राज्य संयन्त्रले जानीजानी नगद अर्थतन्त्रलाई जोगाएर राखेको छ ।
अन्ततः, देशमा सुशासन कायम गर्न, भ्रष्टाचारको अन्त्य गर्न र सीमापार तस्करीलाई सधैंका लागि बन्द गर्न नोट खारेजी नै अन्तिम र निर्विकल्प लक्ष्य हो । आर्थिक पारदर्शिता र राज्यको जवाफदेहिता सुनिश्चित गर्नका लागि पनि कागजी नोटको विस्थापन अपरिहार्य भइसकेको छ । तसर्थ, सरकार र राष्ट्र बैंकले आलटाल नगरी आगामी ९० दिनभित्र नोट खारेजीको प्रक्रिया पूरा गर्नुपर्छ, अन्यथा यस्ता तस्करीका घटनाहरू दोहोरिरहनेछन् र राज्य संयन्त्र स्वयं अपराधको संरक्षक बनिरहनेछ ।