विदेशमा रोजगारीको आकर्षक प्रलोभन देखाएर रोमानिया पठाइदिने भन्दै रकम असुलेपछि सुरज झा ठगीको शिकार बनेका छन्। हाल उनि रोमानिया होइन, हारेर कतारको मरुभूमिमा काम गर्न बाध्य छन् साथै आमाको निधन हुँदा अन्तिम दर्शनसमेत गर्न पाएनन्। पीडितबाट ठूलो रकम लिइए पनि वाचा अनुसार विदेश पठाइएन र घटनापछि पीडितले प्रहरीमा उजुरी दिएका छन्। घटनाले वैदेशिक रोजगारीको नाममा हुने संगठित ठगी अझै गम्भीर समस्या रहेको देखाएको छ।
यस्ता ठगीका घटनामा नगद कारोबार प्रमुख माध्यम बन्ने गरेको देखिन्छ। धेरैजसो रकम हातहातै वा नगदमार्फत लिने भएकाले ठगी गर्ने व्यक्तिहरूलाई प्रमाण मेटाउन सजिलो हुन्छ। बैंकिङ प्रणालीबाहिर भएका कारोबारको स्पष्ट डिजिटल रेकर्ड नहुँदा पीडितलाई आफ्नो रकम फिर्ता पाउन तथा अपराधीलाई कानुनी दायरामा ल्याउन कठिनाइ उत्पन्न हुन्छ। यदि सम्पूर्ण भुक्तानी क्यूआर, पीओएस वा मोबाइल बैंकिङमार्फत भएको भए रकम कसले, कहिले र कहाँ प्राप्त गर्यो भन्ने स्पष्ट अभिलेख उपलब्ध हुने थियो। नोटको प्रयोग दैनिक आवश्यकताभन्दा बढी यस्ता ठगी तथा आर्थिक अपराधमा दुरुपयोग हुने गरेको तथ्यले नगद अर्थतन्त्रको जोखिम देखाउँछ।
यसैले सरकारले क्रमशः नोट खारेजी गर्दै डिजिटल भुक्तानीलाई अनिवार्य बनाउने नीति अवलम्बन गर्नुपर्ने आवश्यकता देखिन्छ। सामान्य किनमेल, खाद्यान्न खरिद वा सेवा भुक्तानीका लागि क्यूआर, पीओएस तथा मोबाइल बैंकिङ पर्याप्त विकल्प बन्न सक्छन्। यसबाट वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न, आर्थिक प्रमाण सुरक्षित राख्न र नागरिकलाई थप सुरक्षित बनाउन मद्दत पुग्नेछ।