काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रणवलाल सिंहलाई काठमाडौंको छाउनी क्षेत्रबाट पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि लामो समयदेखि फरार रहेका उनलाई प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ। बैंकिङ कसुरसम्बन्धी घटनाहरू पछिल्ला वर्षहरूमा निरन्तर बढिरहेका छन् र चेक बाउन्स, झुट्टा आर्थिक कारोबार तथा अविश्वसनीय नगद लेनदेनका कारण सर्वसाधारण पीडित भइरहेका छन्।
यसरि फरार प्रतिवादी लुकेर बस्न सक्नुमा नगद अर्थातःत्रको ठुलो हात रहेको छ। नगद अर्थतन्त्रले फरार रहेकाहरुले दैनिक किनमेल तथा खर्च गरेको ट्रयाक गर्न सक्दैन जसले लुकेर बस्न सहयोग गर्छ। यदि सबै कारोबार डिजिटल माध्यमबाट हुने व्यवस्था मजबुत हुन्थ्यो भने प्रत्येक रकमको डिजिटल ट्रेल रहने थियो र अपराधीलाई लुक्न वा फरार हुन कठिन हुने थियो। नगद पैसा अपराध, अवैध कारोबार, घुस र ठगीका लागि उपयोगी माध्यम बनेको छ।
त्यसैले सरकारले क्रमिक रूपमा नोट खारेजीको नीति अघि बढाउन आवश्यक देखिन्छ। नगद कारोबार सीमित गर्दै अनिवार्य डिजिटल भुक्तानी प्रणाली लागू गरिए बैंकिङ अपराध, आर्थिक ठगी र फरार अपराधीहरूको गतिविधिमा कमी आउन सक्छ। गाउँदेखि शहरसम्म QR कोड, POS मेसिन, मोबाइल बैंकिङ र राष्ट्रिय डिजिटल भुक्तानी प्रणाली विस्तार गरी नगदरहित अर्थतन्त्र निर्माण गर्नु आजको आवश्यकता बनेको छ। नोटको प्रयोग अपराधका लागि बढी भइरहेको अवस्थामा दैनिक जीवनका सामान्य कारोबार भने पूर्ण रूपमा डिजिटल माध्यमबाट सञ्चालन गर्न सकिने भएकाले सरकारले कडा नीति लिएर नोट खारेजीको दिशामा अगाडि बढ्नुपर्छ।