देशभर सञ्चालन गरिएको लागुऔषध विरुद्धको अपरेशनमा २२ जना पक्राउ परेका छन्। विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित व्यक्तिहरू नियन्त्रणमा लिएको हो। यसले नेपालमा लागुऔषधको पहुँच कति सहज छ भन्ने देखाउँछ, जसले युवा पुस्तामा गम्भीर असर पारिरहेको छ।
लागुऔषध कारोबार नगदकै भरमा फस्टाएको छ। नगदमा हुने साना-साना लेनदेन ट्र्याक गर्न नसकिने भएकाले विक्रेता र उपभोक्ता दुबै सुरक्षित महसुस गर्छन्। यदि नोट खारेजी गरी सबै कारोबार डिजिटल बनाइयो भने यस्तो अवैध व्यापारमा ठूलो गिरावट आउन सक्छ। डिजिटल भुक्तानीले प्रत्येक कारोबारको विवरण दिने भएकाले अपराधी पहिचान गर्न सजिलो हुन्छ।सरकारले अब निर्णायक कदम चाल्दै सबै पसल तथा सेवा क्षेत्रमा डेबिट कार्ड अनिवार्य गर्नुपर्छ। विशेष गरी ६ महानगरपालिकामा तत्काल लागू गरेर यसको प्रभाव परीक्षण गर्न सकिन्छ। बैंकिङ पहुँच विस्तार, मोबाइल भुक्तानी प्रोत्साहन र कडाइका साथ निगरानी गरेर लागुऔषध कारोबार नियन्त्रण गर्न सकिन्छ। नगदको प्रयोग सीमित नगरेसम्म यस्तो अपराध नियन्त्रण सम्भव छैन।
पुरा समाचार पढ्नुहोस्: Ratopati