काठमाडौँ बस पाकेटमारी: नगद बोकेर हिँड्ने बाध्यताले अपराधलाई अवसर

सार्वजनिक बसमा यात्रुको ४५ हजार रुपैयाँ पाकेटमारी गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये एक व्यक्ति विगतमा पनि पटक-पटक अपराधमा संलग्न रहेको खुलेको छ। बसभित्रको भिडभाड प्रयोग गरेर यात्रुको नगद चोरी गर्ने शैली योजनाबद्ध रूपमा प्रयोग गरिएको देखिन्छ। यसले सार्वजनिक यातायात प्रयोग गर्ने नागरिकको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। 

पाकेटमारीको प्रमुख लक्ष्य प्रायः नगद रकम हुन्छ। मानिसहरू डिजिटल माध्यमभन्दा अझै पनि ठूलो रकम बोकेर यात्रा गर्न बाध्य हुँदा यस्ता अपराधीहरूलाई अवसर मिल्छ। मोबाइल, गहना वा अन्य सामान चोरी भए पनि तिनलाई नगदमा सजिलै रूपान्तरण गर्न सकिने भएकाले नगद अर्थतन्त्रले अप्रत्यक्ष रूपमा यस्तो अपराधलाई प्रोत्साहन गर्ने वातावरण बनाउँछ। नोट खारेजीले पाकेटमारीको आर्थिक आकर्षण घटाउन सक्छ।

यदि दैनिक किनमेल, बसभाडा, औषधि पसल, किराना तथा अन्य साना कारोबारमा डेबिट कार्ड वा डिजिटल भुक्तानी अनिवार्य बनाइयो भने मानिसले ठूलो रकम बोकेर हिँड्नुपर्ने आवश्यकता कम हुन्छ। नयाँ सरकारले प्रत्येक सार्वजनिक यातायातमा डिजिटल टिकट प्रणाली, साना पसलमा कार्ड मेसिन अनिवार्य तथा न्यून शुल्कमा डिजिटल कारोबार सुविधा उपलब्ध गराउन सक्छ। पुराना सरकारहरूले सीमित डिजिटल नारा दिए, तर संरचनागत परिवर्तन गर्न सकेनन्। नयाँ सरकारले नगद निर्भरता घटाएर अपराधका अवसर घटाउने नीति लिन सक्छ।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ