स्रोत नखुलेको नगद: देखिएको भन्दा ठूलो समस्या

ललितपुरको सानेपाबाट स्रोत नखुलेको ७ लाख ८८ हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन्। प्रहरीका अनुसार हुण्डी कारोबारको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो घटना केवल सतहमा देखिएको एउटा उदाहरण मात्र हो। यस्ता पैसाको स्रोत जे पनि हुन सक्छ; अपराधिक गतिविधि, भ्रष्टाचार, लुटपाट वा अवैध कारोबार। सबैभन्दा गम्भीर प्रश्न भनेको यो हो कि स्रोत नखुलेको कति पैसा अझै प्रणालीभन्दा बाहिर छ । नगदमा आधारित अर्थतन्त्रका कारण यस्ता रकम सजिलै लुकाउन सकिन्छ र राज्यको निगरानी बाहिर रहन्छ। यही कारणले कर छलि, हुण्डी कारोबार र कालो अर्थतन्त्र विस्तार हुँदै गएको छ।

यसलाई नियन्त्रण गर्ने प्रभावकारी उपाय भनेको नोट खारेजी र पूर्ण डिजिटल भुक्तानी प्रणाली हो। जब सबै कारोबार बैंकिङ प्रणालीमार्फत हुन्छ, तब प्रत्येक पैसाको स्रोत ट्र्याक गर्न सम्भव हुन्छ। यसले अवैध रकमलाई प्रणालीभित्र ल्याउँछ, अपराध नियन्त्रणमा सहयोग पुर्‍याउँछ र राज्यको राजस्वसमेत बढाउँछ। नगदको प्रयोग कायम रहँदासम्म यस्ता घटना केवल पक्राउमा सीमित रहनेछन्, मूल समस्या समाधान हुने छैन।

पुरा समाचार पढ्नुहोस: Ratopati

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ