पोखरामा अवैध ‘ट्रान्स पार्टी’ र सामाजिक समस्याको नयां आयाम

पोखराको सेदी जंगल नजिकै एक ठूलो अवैध ‘ट्रान्स पार्टी’ सञ्चालन भइरहेको अवस्थामा प्रहरीले ३८ जनालाई पक्राउ गरेको छ भने १२ जनाविरुद्ध मुद्दा चलाइएको छ । उक्त पार्टीमा मादक पदार्थ र लागु औषध समेत प्रयोग भएको देखिएको छ । प्रहरीका अनुसार त्यहाँ एमडीएमए, चरेस, कोकिनजस्ता प्रतिबन्धित पदार्थ फेला परेका थिए । उक्त पार्टी नेपालमा अवैध मानिने ‘ट्रान्स पार्टी’को रूपमा सञ्चालन भइरहेको पाईयो । प्रहरीले गोप्य सूचनाका आधारमा छापा मार्दा त्यहाँ भेला भएका युवा युवतीलाई नियन्त्रणमा लिएको हो । कतिपयलाई सोधपुछपछि छाडिएको छ भने मुख्य १२ प्रतिवादीलाई मुद्दा चलाउने निर्णय गरिएको छ ।

यस किसिमका घटनाले स्पस्ट पार्छ कि नगदमा आधारित कारोबार र भुक्तानी प्रणालीको अनुगमनको अभावले समाजमा अवैध गतिविधिहरू विस्तार पाउने स्थान मिलाइदिएको छ । जब लेनदेन र भुक्तानीमा डिजिटल प्रणाली र POS जस्ता प्रविधि हुँदैनन्, तब अवैध कार्यक्रम, ड्रग कारोबार तथा आर्थिक लेनदेन नजिकबाट ट्र्याक गर्न कठिन हुन्छ । यसले जिम्मेवार निकायले वास्तविक कारोबार, स्रोत र रकमको पत्ता लगाउन कठिनाइ हुन्छ र घटनाहरूलाई रोक्न सकिँदैन । यस्तो अवस्थामा नोट खारेजीजस्तो कदमले नगदको ठूलो प्रयोग घटाउने र डिजिटल भुक्तानीलाई बढावा दिने भएकाले अवैध क्रियाकलापमा संलग्न हुनेहरूको गतिविधि ट्र्याक र नियमन गर्न मद्दत पुग्छ ।

पुरा समाचार पढ्नुहोस: OnlineKhabar

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ