काठमाडौंको ठमेल क्षेत्रमा पाँच विदेशी महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू पर्यटक तथा सर्वसाधारणलाई लक्षित गरी अवैध गतिविधिमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा ल्याइएका हुन्। प्रहरीका अनुसार पर्यटकीय क्षेत्रमा सार्वजनिक गतिविधि र अवैध आर्थिक लेनदेनबारे निगरानी बढाउने क्रममा उनीहरू पक्राउ परेका हुन् र थप अनुसन्धान जारी रहेको बताइएको छ।
यस्ता गतिविधिमा प्रायः तत्काल नगद भुक्तानी, पहिचानविहीन लेनदेन र ट्रेस गर्न कठिन रकम प्रयोग हुने सम्भावना रहन्छ। बैंकिङ र डिजिटल प्रणालीभन्दा बाहिरका लेनदेनले नियमन र निगरानी कमजोर बनाउन सक्छ। यदि डिजिटल कारोबार अनिवार्य भएमा अस्वाभाविक रकम प्रवाह, बारम्बार हुने साना कारोबार वा संदिग्ध आर्थिक गतिविधि पहिचान गर्न सहज हुन सक्छ र यस्ता गतिबिधि संचालन गर्न कठिन हुन्छ।
नगद पैसा दैनिक आवश्यकताका लागि उपयोगी भए पनि अवैध गतिविधिमा त्यसको प्रयोग गोप्य रूपमा हुन सक्छ । नयाँ सरकारले पुरानो अभ्यास दोहोर्याउनेभन्दा फरक नीति लिँदै प्रत्येक होटल, रेस्टुरेन्ट, क्लब, पसल र सेवाक्षेत्रमा डेबिट कार्ड र डिजिटल भुक्तानी अनिवार्य गर्न सकिन्छ। सरकारले POS जडानमा कर छुट, मोबाइल बैंकिङ सहजता, साना व्यवसायलाई प्रविधि सहयोग तथा सबै कारोबारको डिजिटल बिल प्रणाली लागू गरेमा दैनिक काम सहज रहँदै गैरकानुनी गतिविधिमा नियन्त्रण बढ्न सक्छ।