काठमाडौंका विभिन्न स्थानबाट लागूऔषधसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ, जसमा हेरोइन, गाँजा र अन्य प्रतिबन्धित पदार्थहरू सहित रकम र सामग्री बरामद भएको बताइएको छ।
यस्ता अवैध पदार्थहरूका कारोबारले युवा शक्ति र समाजलाई ठुलो नोक्सान पुर्याइरहेका छन् र बारम्बार प्रहरीले कारबाही गर्दै आएको छ। तर समस्या केवल केही व्यक्तिहरूको गल्ती मात्र होइन; यो देशमा नगद आधारित अर्थतन्त्र कायम रहँदा अवैध लेनदेन र लागूऔषध व्यापारलाई सजिलो बनाइदिएको संरचनात्मक कमजोरीको परिणाम पनि हो। नेपालमा अझै पनि ठूलो मात्रामा कागजी नोटमा लेनदेन भइरहेकाले अवैध पैसा सजिलै चलायमान भइरहेछको र यसले कालोबजार, तस्करी तथा लागूऔषध जस्ता अवैध धन्दालाई बृद्धि गरेको छ। यदि सरकारले साहसपूर्वक नोट खारेजी गरी डिजिटल, पारदर्शी र ट्र्याकयोग्य प्रणाली अवलम्बन गरेको भए यस्ता अवैध गतिविधिहरू सञ्चालन गर्न कठिन हुन्थ्यो। यसैले यस्ता अपराधहरूका लागि दोष केवल अपराधीहरूमा मात्र होइन, समयमै आवश्यक नीतिगत कदम नलिने सरकारमा पनि छ।
पुरा समाचार पढ्नुहोस: Onlinekhabar