नयाँ सरकारसँग युवाको अपेक्षा: सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी – नोट खारेजी आवश्यक

प्रतिनिधिसभा निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेसँगै देशभरका ‘जेनजी’ पुस्ताका युवाहरूले अब बन्ने नयाँ सरकारबाट सुशासन र भ्रष्टाचार नियन्त्रणको स्पष्ट कार्यान्वयन र रोजगारी सिर्जना गर्ने अपेक्षा व्यक्त गरेका छन् । युवाहरूले भ्रष्टाचार, बेथिति र सिस्टमगत कमजोरीले देशको विकासमा ठूलो अवरोध सिर्जना गरेको दाबी गर्दै पारदर्शिता र जवाफदेहिता कायम गर्न आवश्यक सुधारको माग गरेका छन् ।

यस्ता समस्याहरूलाई मूल कारणहरूसम्मै रोक्न वर्तमानमा प्रचलित नगद‑आधारित आर्थिक कारोबार तथा कालो धनको प्रवाहलाई सीधै ट्रयाक गर्न नसकिने अवस्था रहँदा भ्रष्टाचार र दुरुपयोग अर्बौँमा फैलिरहेको छ र नोट खारेजी जस्तो दीर्घकालीन नीतिगत कदमले भ्रष्टाचारको जगलाई नै कमजोर बनाउन सहयोग पुर्‍याउन सक्छ । यसले पारदर्शिता बढाउने, आर्थिक प्रणालीलाई डिजिटल र ट्रयाकयोग्य बनाउने तथा भ्रष्टाचार तथा कालो धनका पथहरुलाई सीमित गर्ने आशा गरिएको छ । त्यसैले सरकारले भ्रस्टाचार निर्मुल पर्ने मनसाय छ भने नोट खारेज गर्नु पर्छ ।

पुरा समाचार पढ्नुहोस: (Ratopati)

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ