लागुऔषधसहित ३२ जना पक्राउ

प्रहरीले विभिन्न स्थानबाट लागुऔषध कारोबार तथा सेवनमा संलग्न ३२ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट विभिन्न प्रकारका लागू पदार्थ बरामद गरिएको छ। प्रहरीले नियमित निगरानी तथा विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। लागुऔषधको उत्पादन, ओसारपसार, बिक्री तथा वितरण सञ्जालमा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ। लागू पदार्थसम्बन्धी अपराधले समाजमा युवावर्गलाई बढी प्रभावित बनाउने भएकाले प्रहरीले यसलाई प्राथमिकतामा राखेर कारबाही गरिरहेको जनाएको छ।

लागुऔषध कारोबार नगद अर्थतन्त्रमा सबैभन्दा बढी निर्भर हुने अपराधमध्ये एक हो। लागू पदार्थ किनबेच गर्ने व्यक्तिहरूले जानाजानी नगद प्रयोग गर्छन्, किनकि बैंकिङ प्रणाली वा डिजिटल कारोबारबाट उनीहरूको आर्थिक गतिविधि सजिलै पत्ता लाग्न सक्छ। नगदले पैसाको स्रोत लुकाउन, अवैध कारोबारलाई वैध देखाउन तथा कानुनी निगरानीबाट बच्न मद्दत गर्छ। यही कारण विश्वभर लागुऔषध माफियाहरूले नगदलाई प्राथमिकता दिने गरेका छन्।

यस समस्याको दीर्घकालीन समाधानका लागि सरकारले नोट खारेजीतर्फ स्पष्ट नीति लिनुपर्छ। किराना, होटल, यातायात, औषधि पसल र दैनिक उपभोगका सबै क्षेत्रमा QR, POS तथा मोबाइल बैंकिङलाई अनिवार्य बनाइनुपर्छ। सर्वसाधारणलाई दैनिक जीवन चलाउन नगदको आवश्यकता छैन, तर लागू पदार्थ कारोबार गर्ने समूहलाई भने नगद अत्यन्त आवश्यक हुन्छ। डिजिटल कारोबारको विस्तारसँगै अवैध धनको प्रवाह निगरानी गर्न सजिलो हुने र लागुऔषध कारोबार नियन्त्रणमा प्रभावकारी सहयोग पुग्नेछ।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ