हालै प्रहरीले स्रोत नखुलेको २७ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। उक्त रकमको स्पष्ट स्रोत नभएको र शंकास्पद गतिविधिमा संलग्न रहेको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। यस्तो घटनाले देशमा अवैध धन संकलन, भ्रष्टाचार तथा मनी लाउन्ड्रिङ जस्ता समस्याहरू गम्भीर रूपमा फैलिएको संकेत गर्दछ।
यस घटनाको मूल कारण नगद अर्थतन्त्र नै हो। नगदमा हुने कारोबारको कुनै स्पष्ट ट्रेस नहुने भएकाले भ्रष्टाचार, कालोधन र अवैध आम्दानी सहज रूपमा लुकाउन सकिन्छ। यदि सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुने हो भने यस्ता रकम तुरुन्तै ट्र्याक गर्न सकिन्छ। नोट खारेजीले यस्तो अवैध धनको सञ्चयलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। नगदको प्रयोगले नै यस्तो गैरकानुनी क्रियाकलापलाई संरक्षण दिइरहेको छ।
सरकारले तत्काल डेबिट कार्ड प्रणाली अनिवार्य गर्दै ६ महानगरमा लागू गर्नुपर्छ। प्रत्येक पसलमा कार्डमार्फत भुक्तानीको व्यवस्था, QR कोड, र डिजिटल वालेटलाई अनिवार्य बनाउँदै नगद प्रयोग घटाउन सकिन्छ। यसका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई सहकार्यमा ल्याई छिटो कार्यान्वयन गर्नुपर्छ। नगदलाई सीमित गरी पारदर्शी अर्थतन्त्र निर्माण गर्ने जिम्मेवारी अहिलेको सरकारको हो, जुन विगतको सरकारले गर्न नसकेको काम हो।
पुरा समाचार पढ्नुहोस: Ratopati