धनुषाधामका मेयरले कुटपिट; भ्रस्टाचारको जालोको रहस्य

धनुषाधाम नगरपालिकाका सहलेखापाल सुरेशकुमार मण्डलले मेयर बालेश्वर मण्डलमाथि कुटपिट तथा दुर्व्यवहारको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिएका छन्, जसमा मण्डलले आफ्नो कार्यालयमा बोलाइ कुटपिट गरिएको, मोबाइल समेत खोसेको र ज्यानको जोखिम महसुस भएपछि कार्यालय छोड्न बाध्य भएको उल्लेख गरेका छन्। पीडितले लेखा शाखाका कागजातहरूको सही व्यवस्थापन र कर्मचारी सुरक्षा सुनिश्चितका लागि कारबाहीको माग पनि राखेका छन्। सहलेखापालको दाबी अनुसार लेखा शाखाको ‘साँचो’ कम्प्युटर अपरेटरसँग रहेको कागजात मेयरको नियन्त्रणमा रहेको र त्यसलाई हटाउने प्रयास भएको आशंका व्यक्त गरिएको छ।
यस प्रकारका घटनाले प्रशासनिक कामकाजमा पारदर्शिता र जवाफदेहिताको कमीलाई मात्र देखाउदैन यसले अख्तियारको अनुसन्धानलाई कमजोर बनाउन लेखा सम्बन्धी कागजात नियन्त्रणमा राखिएको गम्भीर बिषयलाई पनि उजागर गर्छ। यसले सार्वजनिक लेनदेन र लेखा रेकर्ड सुरक्षित राख्ने चुनौती झन् स्पष्ट पारेको छ। नोट खारेजी गरि डिजिटल भुक्तानी प्रणाली लागु गरिएको भए प्रत्येक भुक्तानी र लेनदेनको ट्र्याकिङ गर्न सकिन्थ्यो र कागजात नष्ट गर्ने वा मेटाउने सम्भावना न्यून हुन्थ्यो, किनभने सरकारी तथा नगरपालिका स्तरका लेनदेनहरू स्वचालित रूपमा रेकर्डमा रहने थियो। यस्तो पारदर्शी प्रणालीले भ्रष्टाचार, कागजात हेरफेर र प्रशासनिक दुरुपयोगलाई सहज रूपमा उजागर गर्न मद्दत गर्छ।
तसर्थ यस्ता घटनाहरुमा बाहिर जस्तो खालको प्रकृतिको देखिएतापनि भित्र नोटको कारणले भएका विभिन्न भ्रस्टाचार, अनियमितता जस्ता समस्याको उजागर गर्छ। यसर्थमा सुशासन, पारदर्शिता तथा जवाफदेहिताको लागि नोट खारेजी लागु गरि डिजिटल भुक्तानी प्रणालीको अनिवार्यताको ठुलो भूमिका रहनेछ।

पुरा समाचार पढ्नुहोस: OnlineKhabar

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ