प्रहरी वृत्त मालिगाउँका प्रहरी नायब निरीक्षक दिनेश राउतलाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालालाई रकम फिर्ता दिलाउने देखाएर २० हजार रूपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्याफेमा रंगेहात पक्राउ गरेको छ । पक्राउ गहनापोखरीस्थित ग्रिन स्टार क्याफेबाट साँझ ५ बजे भएको थियो । यस घटनाले सरकारी सेवा वा प्रक्रियामा हुने घुसखोरी अझै व्यापक रहेको स्पष्ट पार्छ ।
यस प्रकारको भ्रष्टाचारको मूल कारण प्रणालीगत कमजोरीसँगै भुक्तानीको लागि नगदको अत्यधिक प्रयोग हो । नगद कारोबार सहज हुँदा भ्रष्ट अधिकारीहरूले आफ्नो कामका लागि ग्राहकबाट सिधै पैसा लिने क्रियाकलापलाई लुकाउन कठिन हुँदैन । यसले वास्तविक व्यापार र सेवा प्रक्रिया सरकारले निगरानी गर्न गाह्रो बनाउँछ र भ्रष्टाचारलाई प्रोत्साहित गर्छ । यदि सरकारले नोट खारेजी गरेर नगदको प्रयोग न्यून बनाएर अनिवार्य रूपमा बैंक / डिजिटल भुक्तानीमार्फत सेवा शुल्क लिनु लागू गरेको भए यस्तो अवस्था धेरै कम हुनसक्थ्यो । डिजिटल भुक्तानीले हरेक लेनदेन ट्र्याक गर्न मिल्ने भएकोले भ्रष्टाचार घटाउन सहयोग पुग्नेछ ।
अघिल्लो सरकारले यस्तो संरचनात्मक सुधारतर्फ पर्याप्त कदम चाल्न नसकेको देखिन्छ । तर नयाँ सरकारले नोट खारेजी र डिजिटल भुक्तानी प्रणाली लागू गर्न प्रतिवद्धता जनाएमा भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवामा पारदर्शिता ल्याउन धेरै सहयोग पुग्नेछ ।
पुरा समाचार पढ्नुहोस : OnlineKhabar