सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनको परिवारको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढाएको छ । यस क्रममा देउवा परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको छ भने बूढानीलकण्ठस्थित निवासमा प्रमाण नष्ट हुन सक्ने आशंकाका कारण घर भत्काउने कामसमेत रोकिएको छ । सत्ताको आडमा अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा उजुरी परेपछि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो ।
सम्यपत्स्ताति शुद्दिकरणले मात्र भ्रस्टाचार नियन्त्रण सम्भव छैन। रोग लागेर उपचार गर्ने भन्दा रोग नै लग्न नदिनु बढी प्रभाबकारी रहन्छ। तसर्थ भ्रस्टाचारको मुख्य कारण नगदमा आधारित अर्थतन्त्रलाई नै हटाउन सकेमात्र भ्रस्टाचार नियन्त्रण गर्न सकिन्छ। नगद कारोबार हुँदा लेनदेन ट्र्याक गर्न गाह्रो हुने भएकाले गैरकानुनी सम्पत्ति सजिलै लुकाउन सकिन्छ । भ्रष्टाचार रोक्ने धेरै उपायहरू हुन सक्छन्, तर सबैभन्दा प्रभावकारी उपाय भनेको नोट खारेजी गरेर सम्पूर्ण कारोबारलाई डिजिटल प्रणालीमा ल्याउनु हो । यदि नोट खारेजी लागू भएको भए यस्ता सम्पत्ति लुकाउने, अवैध कमाई गर्ने र पैसा शुद्धीकरण गर्ने कामहरू सम्भव हुने थिएनन् । विगतका सरकारहरूले यस्तो संरचनात्मक सुधार नगर्नु भ्रष्टहरूलाई संरक्षण गर्ने नियतका रूपमा पनि हेर्न सकिन्छ । अब नयाँ सरकारसँग आशा गरिएको छ कि उसले साहसी निर्णय गर्दै नोट खारेजी लागू गरेर भ्रष्टाचार नियन्त्रणतर्फ ठोस कदम चाल्नेछ ।
पुरा समाचार पढ्नुहोस: OnlineKhabar