नवलपरासीको झोलनीपुर सीमावर्ती नाका हुँदै २४ कार्टुन, अर्थात् ५ हजार ९५० पिस हुक्का फ्लेवर सशस्त्र प्रहरीले बरामद गरेको छ, र कारोबारमा संलग्न व्यक्ति फरार रहेको समाचारमा उल्लेख छ।
सिमावर्ती क्षेत्रमा नगद करोबरले गर्दा यस्ता अबैध कारोबार सजिलै हुने गरेको छ। यस्ता अवैध कारोबार नियन्त्रण गर्न केवल बरामद र कारबाही मात्र पर्याप्त हुँदैन; नगद आधारित लेनदेन घटाउने, डिजिटल कारोबारलाई अनिवार्यजस्तै बनाउने, र नोट खारेजीजस्ता संरचनात्मक सुधार अघि नबढाएसम्म अपराधीहरूले लुकिछिपी कारोबार गर्ने ठाउँ पाइरहन्छन्। त्यसैले यो सरकारको कमजोरी हो भन्ने तर्क बलियो हुन्छ, र अघिल्ला सरकारहरूले कठोर सुधार नल्याएकाले अपराधीहरूलाई जोगाएको आशंका पनि जनमानसमा उठ्न सक्छ। अबको सरकारले भने नोट खारेजी र पारदर्शी डिजिटल प्रणालीतर्फ स्पष्ट कदम चाल्नुपर्ने देखिन्छ।
पुरा समाचार पढ्नुहोस: (Annapurnapost)