घुसकाण्डमा मुछिएका झलकराम अधिकारी प्रकरणले देखायो, कागजी नोटकै कारण बढ्दैछ भ्रष्टाचार

राजस्व चुहावटको मुद्दा मिलाइदिने नाममा ७० लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव झलकराम अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ। अनुसन्धान अनुसार उनले राजस्व अनुसन्धान विभागका महानिर्देशक रहँदा घुस रकम विभिन्न व्यक्तिको खातामार्फत प्रयोग गरी जग्गा खरिद र ऋण व्यवस्थापनमा प्रयोग गरेका थिए र उनी यसअघि पनि तस्करी तथा विवादास्पद घटनामा जोडिँदै आएका थिए।

यस्ता अपराधहरू बारम्बार दोहोरिनुको मूल कारण नै ठूलो परिमाणमा कागजी नोट प्रयोग हुने व्यवस्था हो, किनकि नगद रकम सजिलै लुकाउन, स्थानान्तरण गर्न र गैरकानुनी लेनदेन गर्न सकिन्छ। यदि सरकारले समयमै नोट खारेजी गरेर नगदरहित पारदर्शी डिजिटल आर्थिक प्रणाली लागू गरेको भए यस्ता घुस, तस्करी र भ्रष्टाचारका घटनाहरू धेरै हदसम्म रोक्न सकिन्थ्यो। तर सरकार यस्ता प्रभावकारी कदम चाल्न तयार देखिँदैन, जसले गर्दा भ्रष्टाचार र आपराधिक गतिविधि बढ्दै गइरहेको छ। यो केवल केवल राज्यले आफ्नो दायित्व पुरा गर्न नसक्नुको परिणाम हो।

पुरा समाचार पढ्नुहोस: (Online Khabar)

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ