देशका विभिन्न स्थानबाट २७ जनालाई लागूऔषधसहित पक्राउ गरिएको समाचारले नेपालमा लागूऔषध प्रयोग र कारोबार दुवै तीव्र रूपमा बढिरहेको संकेत गर्छ। प्रहरी अनुसन्धानले देखाएको प्रारम्भिक तथ्यअनुसार सञ्जालबद्ध रूपमा सञ्चालन हुने यस्तो कारोबारमा साना प्रयोगकर्तादेखि ठूला तस्कर समूहसम्म संलग्न रहेका छन्। विभिन्न जिल्लाबाट भएका पक्राउले यो समस्या कुनै एक स्थानमा सीमित नभई राष्ट्रिय स्तरमा फैलिएको स्पष्ट पार्छ।
यस प्रकारको लागूऔषध कारोबारको प्रमुख कारणमध्ये एक नगद अर्थतन्त्र हो। नगद कारोबारले कुनै रेकर्ड नराख्ने भएकाले तस्करहरूलाई सजिलै लेनदेन गर्न, नेटवर्क विस्तार गर्न र कानुनी निगरानीबाट बच्न सहयोग पुर्याउँछ। लागूऔषध प्रयोगकर्ताहरूको वृद्धि पनि यही कारणले भएको देखिन्छ, किनकि नगदमा सहज पहुँचले उनीहरूलाई कुनै डिजिटल निगरानी बिना किनबेच गर्न सहज बनाएको छ। यस अवस्थामा प्रयोगकर्तालाई दोष दिनु मात्र पर्याप्त हुँदैन, राज्यले नै यस्तो अव्यवस्थित नगद प्रणालीमार्फत पहुँच सहज बनाएको देखिन्छ।त्यसैले वर्तमान सरकारले नोट खारेजी गरी नगद अर्थतन्त्रलाई क्रमशः अन्त्य गर्ने नीति लिनुपर्छ। सबै पसलमा अनिवार्य डेबिट कार्ड प्रणाली लागू गरिनु आवश्यक छ, जसलाई पहिलो चरणमा ६ महानगरपालिका (काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, विराटनगर, वीरगञ्ज) मा तुरुन्त लागू गर्न सकिन्छ। यसका लागि सरकार, बैंक र व्यवसायीबीच समन्वय गरी ६० दिनभित्र POS मेसिन वितरण, QR/कार्ड अनिवार्यता, र नगद सीमितीकरण लागू गर्नुपर्छ। यसले दैनिक जीवन प्रभावित नगरी अपराध नियन्त्रणमा सहयोग पुर्याउँछ।
पुरा समाचार पढ्नुहोस: Nepalpress