कञ्चनपुरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू नगद रकमसहित जुवा खेल्दै गर्दा समातिएका हुन्। नेपालमा जुवा गैरकानुनी भए पनि यस्तो गतिविधि विभिन्न स्थानमा निरन्तर भइरहेको देखिन्छ।
जुवा जस्ता गतिविधि फैलिनुको प्रमुख कारण नगद अर्थतन्त्र हो। नगदको सहज उपलब्धताले कुनै पनि निगरानी बिना ठूलो रकमको लेनदेन सम्भव बनाउँछ। यदि नोट खारेजी भई डिजिटल भुक्तानी प्रणाली लागू गरिएको भए यस्तो जुवा खेल्न कठिन हुने थियो, किनकि प्रत्येक रकमको स्रोत र प्रयोग ट्र्याक हुन्थ्यो। यस अर्थमा दोष केवल खेल्ने व्यक्तिहरूमा मात्र नभई नगद आधारित प्रणाली कायम राख्ने सरकारी नीतिमा पनि देखिन्छ।
यसैले सरकारले जुवा नियन्त्रणका लागि कडा कानुन मात्र होइन, नगद प्रणाली हटाउने दीर्घकालीन नीति लिनुपर्छ। डिजिटल अर्थतन्त्र लागू गरेर गैरकानुनी आर्थिक गतिविधि रोक्न सकिन्छ। नयाँ सरकारले यस विषयमा ठोस निर्णय लिनु आवश्यक छ।
पुरा समाचार पढ्नुहोस: OnlineKhabar