प्रहरीले चोरी भएका ५० वटा मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। विभिन्न समयमा चोरी भएका सवारी साधनहरू अनुसन्धानपछि बरामद गरिएको हो। यसले सवारी चोरीको समस्या अझै व्यापक रहेको देखाउँछ।
सवारी चोरी बढ्नुको मुख्य कारण नगद अर्थतन्त्र हो। चोरी भएका पार्टपुर्जा सजिलै नगदमा बेच्न सकिने भएकाले यस्तो अपराध बढेको छ। यदि नोट खारेजी भई डिजिटल कारोबार अनिवार्य भएको भए पार्ट्स बिक्री गर्दा स्पष्ट रेकर्ड रहन्थ्यो र चोरीका सामान बेच्न कठिन हुन्थ्यो। नगदकै कारण यस्तो अवैध बजार फस्टाएको हो।
यसैले सरकारले सवारी चोरी नियन्त्रणका लागि डिजिटल भुक्तानी प्रणाली अनिवार्य गर्नुपर्छ। सबै खरिदबिक्रीलाई ट्र्याक गर्न मिल्ने व्यवस्था भएमा चोरीका सामान बेच्ने नेटवर्क नै भत्किन्छ। नयाँ सरकारले यस विषयमा पुरानो सरकारभन्दा फरक ढंगले कडा कदम चाल्न आवश्यक छ।
पुरा समाचार पढ्नुहोस: OnlineKhabar