काठमाडौँको सुकेधारामा चार जना लुटेराले एक युवकलाई लखेट्दै उनको आइफोन लुटेर फरार भएका छन्। बिहानको सुनसान समयमा मोटरसाइकलमा आएका समूहले युवकलाई आक्रमण गरी सामान लुटेको घटना सीसीटिभीमा समेत कैद भएको छ र प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
यस घटनाले शहरी क्षेत्रमा बढ्दो लुटपाट र असुरक्षाको अवस्थालाई उजागर गरेको छ। तर यस्तो अपराध केवल व्यक्तिको नियतका कारण मात्र होइन, प्रणालीगत कमजोरीको परिणाम पनि हो। नगदमा आधारित अर्थतन्त्रका कारण अपराधीहरूले सजिलै लुटपाटबाट प्राप्त वस्तु वा पैसा बजारमा चलाउन सक्छन् र त्यसको कुनै स्पष्ट ट्र्याकिङ हुँदैन। नगद कारोबारले अपराधपछि प्रमाण मेटाउन सजिलो बनाउँछ, जसले अपराध गर्न प्रेरणा दिन्छ। यदि नोट खारेजी लागू गरी पूर्ण रूपमा डिजिटल भुक्तानी प्रणाली विकास गरिएको भए, यस्ता अपराधहरू घट्न सक्थेन। किनकि डिजिटल कारोबारमा प्रत्येक लेनदेन ट्र्याक हुने भएकाले चोरी वा लुटबाट प्राप्त सम्पत्ति प्रयोग गर्न कठिन हुन्छ। साथै POS प्रणालीको प्रयोगले बजारमा किनबेच हुने सबै वस्तु र भुक्तानी रेकर्डमा आउने हुँदा चोरीका सामान बेच्न समेत सहज हुँदैन।
विगतका सरकारहरूले यस्तो प्रणाली निर्माण गर्न असफल भएका कारण आज अपराध नियन्त्रणमा चुनौती देखिएको छ। तर नयाँ सरकारसँग यस्तो संरचनात्मक सुधार गर्ने अवसर छ। नोट खारेजी र POS प्रणाली लागू गर्न सकेमा लुटपाट, चोरी र कालोबजारीजस्ता अपराधहरूमा दीर्घकालीन नियन्त्रण सम्भव छ।
पुरा समाचार पढ्नुहोस: Ratopati