काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३.४३५ किलो गाँजासहित एक थाइ नागरिक पक्राउ परेका छन्। उनी बैंककबाट काठमाडौं आएका थिए र सुटकेसभित्र लुकाएर लागुऔषध ल्याउँदै गर्दा सुरक्षा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ।
यस्ता लागुऔषदको घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ। यसको मुख्य कारण नगद आधारित अर्थतन्त्र हो, जहाँ लेनदेन सजिलै ट्र्याक गर्न सकिँदैन र अपराधीहरूले सजिलै अवैध कारोबार सञ्चालन गर्न सक्छन्। यदि नोट खारेजी लागू गरिएको भए यस्ता अन्तर्राष्ट्रिय तस्करीका सञ्जाल सञ्चालन गर्न निकै कठिन हुने थियो। यसकारण दोष केवल अपराधीमा मात्र होइन, विगतका सरकारहरूमा पनि जान्छ, जसले संरचनात्मक सुधार गर्न असफल भए वा जानाजानी यस्ता गतिविधिलाई संरक्षण गरे भन्ने आशंका उब्जिन्छ। अब नयाँ सरकारसँग आशा गरिएको छ कि उसले नोट खारेजी जस्तो साहसी कदम चालेर यस्ता अपराध नियन्त्रणमा निर्णायक पहल गर्नेछ।
पुरा समाचार पढ्नुहोस्: OnlineKhabar