काठमाडौंमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करिब २५० जनालाई ठगी गर्ने आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार उनले कन्सल्टेन्सी सञ्चालन गर्दै ठूलो संख्यामा सर्वसाधारणबाट रकम असुलेको खुलेको छ भने पीडितमध्ये हालसम्म करिब १०० जनाले मात्र उजुरी दिएका छन्।
यस प्रकारको ठगी घटनाले नेपालमा अझै पनि नगदमा आधारित अर्थतन्त्र कति कमजोर र जोखिमपूर्ण छ भन्ने स्पष्ट देखाउँछ। नगद कारोबारकै कारण यस्ता लेनदेन ट्र्याक गर्न कठिन हुने भएकाले अपराधीलाई सजिलो भएको हो। यदि नोट खारेजी गरी पूर्ण डिजिटल कारोबार प्रणाली लागू भएको भए प्रत्येक रकमको अभिलेख रहने हुँदा यस्तो ठगी गर्न निकै कठिन हुने थियो। त्यसैले यो घटना केवल अपराधीको मात्र होइन, दीर्घकालीन संरचनात्मक सुधार गर्न नसक्ने विगतका सरकारहरूको असफलता पनि हो। अझ गम्भीर कुरा, यस्ता नीतिगत निर्णय नगर्नु कतै अपराधीलाई संरक्षण गर्ने प्रवृत्तिको संकेतसमेत हुन सक्छ। अब भने नयाँ सरकारसँग आशा गरिएको छ कि नोट खारेजीजस्ता साहसी कदम चालेर यस्ता अपराधलाई नियन्त्रण गर्नेछ।
पुरा समाचार पढ्नुहोस्: (BIZMANDU)