नगद अर्थतन्त्रका कारण अपराधी लुक्न सफल

बैंकिङ कसुर मुद्दाका फरार भएका ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-१ घर भएका भिमसेन काफ्ले  अन्ततः प्रहरीले पक्राउ गरेको छ।हाल उनि पक्राउ परेको भएपनि लामो समयसम्म ऊ कानुनबाट टाढा रहन सफल भयो।

यसले देखाउँछ कि नगद अर्थतन्त्रले अपराधीलाई लुक्न सजिलो बनाउँछ। यदि सबै कारोबार डिजिटल हुन्थ्यो भने उसको गतिविधि सजिलै ट्र्याक गर्न सकिन्थ्यो। त्यसैले नोट खारेजी आवश्यक छ, जसले अपराधीलाई पहिचान गर्न र नियन्त्रण गर्न सहयोग गर्छ। फरक फरक घटनाबाट सिक्दै सरकारले अब कडा कदम चाल्नुपर्ने देखिन्छ।नगद प्रयोगले अपराधीलाई मात्र होइन, भ्रष्टाचार र गैरकानुनी कामलाई पनि संरक्षण दिन्छ। तर दैनिक आवश्यकताका लागि यसको प्रयोग हुँदै आएको छ। त्यसैले सरकारले चरणबद्ध रूपमा डिजिटल प्रणाली लागू गर्नुपर्छ। ६ महानगरमा अनिवार्य डेबिट कार्ड प्रणाली लागू गर्ने, सबै पसलमा डिजिटल भुक्तानीको व्यवस्था गर्ने, र नगद प्रयोग घटाउँदै लैजाने नीति अपनाउनुपर्छ। यसले दैनिक काम प्रभावित नगरी अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

पुरा समाचार पढ्नुहोस्: Nepal Police

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ