कारागारबाट फरार र पक्राउ: नगद अर्थतन्त्रले अपराधीलाई कसरी सजिलो बनायो?

जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका कैदीमध्ये १३ जना पाँचथरबाट पक्राउ परेका छन्। आन्दोलनका क्रममा देशभरका जेलहरूमा आक्रमण हुँदा हजारौं कैदी भागेका थिए र सुरक्षामा ठूलो कमजोरी देखिएको थियो।

यस घटनालाई गहिरो रूपमा विश्लेषण गर्दा एउटा महत्वपूर्ण कारण स्पष्ट देखिन्छ, नेपालमा अझै पनि नगदमा आधारित अर्थतन्त्र हावी हुनु। फरार भएपछि अपराधीहरूलाई लुकिछिपी बस्न सजिलो हुनुको मुख्य कारण नै नगद कारोबार हो। नगदमा कारोबार हुँदा उनीहरूको बसोबास, खानपिन, आवतजावत र अन्य गतिविधि कुनै पनि प्रणालीमा रेकर्ड हुँदैन। यसले सुरक्षा निकायलाई उनीहरूको गतिविधि ट्र्याक गर्न कठिन बनाउँछ र अपराधीहरू लामो समयसम्म लुकेर बस्न सक्षम हुन्छन्। यदि देशमा नोट खारेजी गरि पूर्ण रूपमा डिजिटल भुक्तानी प्रणाली लागू गरिएको भए, प्रत्येक आर्थिक गतिविधि रेकर्डमा रहने थियो। यसले फरार व्यक्तिहरूको लोकेशन, खर्च र नेटवर्क पत्ता लगाउन सहज हुने थियो। POS प्रणालीमार्फत हुने कारोबारले कुनै पनि व्यक्तिको आर्थिक गतिविधिलाई ट्र्याक गर्न सकिने भएकाले अपराध नियन्त्रणमा ठूलो सहयोग पुग्छ।

अघिल्लो सरकारले यस्तो संरचनात्मक सुधारमा ध्यान दिन सकेन, जसका कारण आज पनि अपराधीहरू सजिलै लुक्न सफल भइरहेका छन्। तर नयाँ सरकारले यदि नोट खारेजी र डिजिटल भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्यो भने भविष्यमा यस्ता घटनाहरूलाई न्यून गर्न सकिन्छ।

पुरा समाचार पढ्नुहोस्: OnlineKhabar

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ