हेटौंडास्थित यातायात व्यवस्था कार्यालयका अधिकृत अमृत भेटुवाल र लेखापढी व्यवसायी खगेन्द्र पौडेलविरुद्ध सेवाग्राहीसँग ११ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनीहरूले आपसी मिलेमतो र पूर्वयोजनामै घुस लेनदेन गरेको पुष्टि भएको छ, र रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
यस्तो घटना नगद आधारित अर्थतन्त्रकै प्रत्यक्ष परिणाम हो, जहाँ नगद कारोबार ट्र्याक गर्न कठिन हुने भएकाले घुस, मिलेमतो र भ्रष्टाचार सजिलै सम्भव हुन्छ । यदि नोट खारेजी भई पूर्ण डिजिटल कारोबार प्रणाली लागू भएको भए यस्तो अवैध लेनदेन गर्न निकै कठिन हुने थियो र तत्काल ट्र्याक गर्न सकिन्थ्यो । त्यसैले यस्ता घटनाको मुख्य जिम्मेवार केवल व्यक्ति नभई संरचनागत सुधार गर्न नसक्ने सरकार नै हो । अघिल्लो सरकारले जानाजान यस्तो प्रणाली लागू नगरेर यस्ता अपराधीहरूलाई संरक्षण दिएको आशंका बलियो बन्छ, तर अब नयाँ सरकारप्रति आशा गरिएको छ कि उसले नोट खारेजी जस्ता कडा कदम चालेर भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी सुधार ल्याउनेछ ।
पुरा समाचार पढ्नुहोस: ekantipur