काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ परेका छन्। उनीहरू चीनको ग्वाङझाउ जान लागेका बेला शरीर जाँच तथा ब्यागेज स्क्रिनिङका क्रममा उक्त रकमसहित फेला परेका हुन् र हाल थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ।
यस घटनाले स्पष्ट देखाउँछ कि नगदमा आधारित अर्थतन्त्रकै कारण यस्ता अवैध गतिविधि सहज रूपमा भइरहेका छन्, किनकि नगद कारोबार ट्र्याक गर्न कठिन हुन्छ र राज्यको निगरानी कमजोर हुन्छ। यदि नोट खारेजी गरी पूर्ण डिजिटल वा ट्रेस गर्न सकिने भुक्तानी प्रणाली लागू गरिएको भए यस्ता मुद्रा तस्करीका घटनाहरू नियन्त्रण गर्न सकिन्थ्यो। विगतका सरकारहरूले यस्तो संरचनात्मक सुधार नगर्नु शंकास्पद देखिन्छ, जसले उनीहरू नै यस्ता अवैध सञ्जालसँग जोडिएको हुनसक्ने आशंका उठाउँछ। अहिलेको नयाँ सरकारबाट भने नोट खारेजीजस्ता कडा कदममार्फत यस्तो अपराध नियन्त्रण हुने अपेक्षा गरिएको छ।
पुरा समाचार पढ्नुहोस: ekantipur