नोटले निम्त्याएको १० समाचारहरु ११ फागुन २०८२ सोमवार

१. अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ

बैदेशिक रोजगारीमा पठाउछु भन्दै ठगि गरेको महिलाले कागजी नोट कै आडमा यो ठगीलाई अन्जाम दिएको प्रस्ट छ। नोटको कारणले हुने यस्ता घटना दिनानु दिन बढ्दै छ। यस्ता घटनाको निर्मुलनको लागि नोट खारेजी नै विकल्प हो। नोट खारेजी गरि डिजिटल भुक्तानिं अनिवार्य गरेमा यसरि ठगीको धन्दा चलाउन सक्दैनन् किन भने यसरी भएको कारोबारको सबै रेकर्ड बस्छ र ठगीलाई दुरुत्साहित गर्छ।

२. तारकेश्वरमा ११ लाख बराबरको चोरी https://www.onlinekhabar.com/2026/02/1872019/thief-worth-rs-1-1-million-in-tarakeswar

तारकेश्वरमा ११ लाख बराबरको गहना चोरी भएको छ। यस्ता गहना चोरी गरेर यसलाई पैशामा परिवर्तन गर्न सजिलो हुन्छ किन भने कागजी नोटको कारोबारले यस्ता चोरी भएका सामानको खरिद बिक्रीलाई सजिलो बनाईदिएको छ। यसरी सजिलै पैशा पाउन सक्ने भएकोले गर्दा चोरी गर्ने भएकोले डिजिटल भुक्तानीलाई प्राथमिकतामा राखी नोट खारेजी गरेको अवस्थामा यस्ता घटना आफै घटेर जान्छ।

३. विमानस्थलबाट ११ किलो गाँजासहित ३ भारतीय समातिए https://www.onlinekhabar.com/2026/02/1872015/3-indians-arrested-with-11-kg-of-marijuana-at-airport

लागुऔषध ओसारपसार गर्नको लागी ईन्जिनको भूमिका कागजी नोटले खेल्ने गर्छ। कागजी नोटले यस्ता लागुऔषधको किनबेचमा सहयोग गर्ने भएकोले यस्ता अपराध गर्न सजिलो भैरहेको छ। यस्ता अपराधलाई निर्मुल गर्नको लागि नोट खारेजी गर्न सकिन्छ। यसले राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा हुने लागुऔषध ओसारपसारलाई रोक्न मद्दत गर्छ।

४. उम्मेदवारहरूलाई निर्वाचन आयोगको ताकेता : बैंक खाता खोल्ने काममा ढिलाइ नगर्नुस् https://www.ratopati.com/story/545318/election-commission-urges-candidates-not-to-delay-opening-bank-accounts

बैंक खाता खोलेर मात्र उमेद्वारले गरेको खर्चको यकिन हिसाब राख्न सकिन्न। उमेद्वारले यस्ता खाता देखावटीको रुपमा खोल्ने तर खर्च चै कागजी नोटको गर्ने प्रचलन नया हैन। यसरि चुनाबको परिणाम नै फरक पार्न सक्ने गरि हुने खर्चलाई रोक्न बैंक खाता खोल्ने मात्रले पर्याप्त छैन। यसका लागि बरु डिजिटल भुक्तानीको अनिवार्यता गरि कागजी नोटलाई नै अबैध बनाउनु पर्ने हुन्छ।

५. नेपालगंज भन्सारमा लक्ष्यभन्दा कम राजस्व संकलन, ७ महिनामा उठ्यो मात्र ४५ प्रतिशत https://bizmandu.com/content/20260222062636.html

दिनानु दिन संकलन हुन पर्ने भन्दा कम राजस्व उठ्नुले हाम्रो देशको नीति तथा कानुन मै शंका तथा प्रश्न उठाउन मजबुर बनाउछ। राजस्व संकलन कम हुनुमा कर चुहावट, भन्सार क्षेत्रमा हुने भ्रस्टाचार जस्ता तत्वहरु हाबी हुन्छन। यस्ता तत्वलाई साथ दिरहेको हुन्छ कागजी नोटले। तसर्थ लक्ष्य अनुसारको कर तथा भन्सार संकलन गर्न कागजी नोटको खारेजी नै अन्तिम विकल्प हो। यसले राजस्व चुहावट रोक्छ भने भ्रस्टाचारलाई पनि रोक्छ।

६. स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ https://nepalkhabar.com/society/266281-2026-2-22-10-39-29

यसरी स्रोत नखुलेको नगद समात्नुले सो पैशाको श्रोतको बारेमा प्रश्न उठाउछ। यस्ता पैशा प्राय करछलि गरिएको, लेनदेनबाट पाएको अथवा चोरीको पैशा हुन सक्छ। श्रोत जे भएतापनि यस्ता पैशा पाउनु भनेको एउटा पात्र मात्र हो। यथार्थमा कागजी नोटको रुपमा थुप्रै पैसा यसरि लुकाएर राख्ने गरेको हुन्छन। तसर्थ यसरि पैशा लुकाउने रोक्नको लागि नोट खारेजी गर्नु पर्छ।

७. राष्ट्र बैंक ऐन संशोधन गर्न सरकारले माग्यो सुझाव, डिजिटल बैंक र करेन्सी समेटिँदै https://clickmandu.com/2026/02/437658.html

राष्ट्र बैंक ऐन संसोधन गर्नु आजको परिवर्तित समाजको आवस्यकता हो। पहिले नै हुन पर्ने संशोधन ढिलाई भएपनि हुन लागेकोलाई स्वागतयोग्य कदमको रुपमा लिन सकिन्छ। डिजिटल बैंक र करेंसी आजको जमानाको आवस्यकता हो। यसले विभिन्न अपराधलाई समेत रोक्न सकिन्छ। यसका साथै नोट खारेजीलाई पनि संगै लान सकेमा अझै प्रभ्कारी हुन सक्छ।

८. मोटरसाइकल चोरीको आरोपमा ४ जना पक्राउ https://www.onlinekhabar.com/2026/02/1873043/4-arrested-on-motorcycle-theft-charges

मोटरसाइकल चोरी हुनुको मुख्य कारण भनेको यसको किनबेचमा हुने सहजता नै हो। दिनहु यस्ता मोटरसाइकल चोरी गर्दै त्यसलाई बेचेर पैशा कमाउने धन्दाको रुपमा च्गलिरहेको छ।कागजी नोटको प्रयोगले यस्ता कारोबार थाहा नहुने भएकोले यस्ता घटना झन् बढ्दै गैरहेको छ। तसर्थ यसलाई रोक्ने विकल्प भनेको नोट खारेजी हो। नोट खारेजी गर्दै डिजिटल भुक्तानीलाई अनिवार्यता गरेमा यस्ता घटना रोकथाम गर्न सकिन्छ।

९. काठमाडौं सरकारी धार नजिकबाट साढे ६५ लाखको चोरी https://www.onlinekhabar.com/2026/02/1872863/6-5-million-rupees-stolen-from-near-kathmandu-government-road

कागजी नोटलाई घरमा राख्नु भनेको चोरलाई घरमा आमन्त्रित गर्नु जस्तै हो। यस्ता नोटले चोरलाई आकर्षित गरिरहेको हुन्छ। यस्तो पैशा डिजिटल रुपमा भएको भए चोरी गर्न नै जादैन थे। साथै, कागजी नोट को कारोबार हुँदा कारोबारको रेकर्ड नहुने भएकोले चोरी भएको गरगहना समेत सहज तरिकाले बेच्न सकिन्छ र कारोबारको पत्ता लगाउन पनि सक्दैन। तसर्थ यस्ता घटनाको जड भनेकै नोट हो र यो नोटको खारेजी हुनु भनेकै यस्ता अपराधको खारेज गर्नु हो।

१०. जब कोटेश्वरबाट एकाबिहानै अपहरणमा परे मेनपावर एजेन्ट https://www.onlinekhabar.com/2026/02/1873148/when-a-manpower-agent-was-kidnapped-from-koteshwor-in-the-early-hours-of-the-morning

मेनपावरका एजेन्ट अपहरणमा पर्नुको मुख्य कारण फिरौती माग्नु थियो। यसरी फिरौती माग्दा सो एजेन्टले डिजिटल बैंकिंग प्रक्रिया मार्फत पैशा दिएको हुँदा अपहरण गर्ने मान्छे सजिलै समात्न सकियो। यसरी अपराध भै हालेपानी डिजिटल भुक्तानी हुदा अपराधीलाई सजिलै समात्न सक्ने हुँदा अपराध हटाउनलाई कागजी नोट पनि हटाउन पर्छ।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ