पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ : घरको ताल्चा फोडेर चोरी गर्ने प्रयास असफल

पोखरा महानगरपालिका-२६ माझको डाँडामा दिउँसै चोरी गरिरहेको अवस्थामा काभ्रेपलाञ्चोकका ३६ वर्षीय राजन तामाङ पक्राउ परेका छन्। घरमा कोही नभएको मौका छोपी धनबहादुर खड्काको घरको कोठाको ताल्चा फोडेर चोरी गरिरहेका बेला स्थानीयले उनलाई रङ्गेहात फेला पारेका थिए। घटनास्थलबाट फलामको औजारसमेत बरामद भएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर चोरी तथा डाँका उद्योग सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

घरफोडी चोरीका अधिकांश घटनाको मुख्य उद्देश्य नगद, सुनचाँदी वा सजिलै बेच्न सकिने बहुमूल्य वस्तु हात पार्नु हो। यदि घरमा ठूलो मात्रामा नगद राख्ने प्रचलन नरहेको भए चोरीबाट प्राप्त हुने तत्काल आर्थिक लाभ घट्ने थियो। नगद चोरी भएपछि रकम कहाँ प्रयोग भयो भन्ने पत्ता लगाउन कठिन हुन्छ। तर डिजिटल अर्थतन्त्रमा पैसा बैंक खातामा रहने भएकाले चोरले घर फोडेर प्रत्यक्ष आर्थिक लाभ लिन सक्दैन। दैनिक खर्चका लागि आवश्यक रकम QR, POS मेसिन, मोबाइल बैंकिङ र कार्डमार्फत प्रयोग गर्न सकिने भएकाले घरमा नगद राखिरहनु पर्ने आवश्यकता पनि कम हुन्छ।

त्यसैले सरकारले नोट खारेजीतर्फ अघि बढ्दै नगद भण्डारणको आवश्यकता घटाउने नीति ल्याउनुपर्छ। सबै पसल, सेवा केन्द्र र सार्वजनिक निकायमा डिजिटल भुक्तानी अनिवार्य गर्दै नगदको प्रयोग न्यून बनाउन सकिन्छ। जब घरहरूमा ठूलो रकम नगद राखिने चलन समाप्त हुन्छ, तब घरफोडी चोरीको आर्थिक आकर्षण पनि स्वतः घट्नेछ। यसले चोरी नियन्त्रण, अपराध न्यूनीकरण र पारदर्शी अर्थतन्त्र निर्माणमा सहयोग पुर्‍याउनेछ।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ