बागलुङमा नक्कली नोट कारोबारको आशंकामा एक अधिवक्ता पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट एक हजार दरका १६ थान नक्कली नोट बरामद गरेको छ भने बजारमा जम्मा १८ वटा नक्कली नोट फेला परेको जनाएको छ। एउटै नम्बरका नोट प्रयोग भएको पाइएपछि अनुसन्धान अघि बढाइएको छ र अदालतले थप अनुसन्धानका लागि म्याद समेत थप गरेको छ।
यो घटना केवल एक आपराधिक गतिविधि मात्र नभई नेपालको नगदमा आधारित अर्थतन्त्रको ठूलो कमजोरीको उदाहरण हो। नगद कारोबार हुँदा पैसाको स्रोत, प्रयोग र प्रवाह ट्र्याक गर्न कठिन हुन्छ, जसका कारण नक्कली नोट सजिलै बजारमा चलाउन सकिन्छ। यदि सम्पूर्ण कारोबार डिजिटल प्रणालीमार्फत हुने थियो भने यस्तो नक्कली नोट बजारमा भित्रिदैन थ्यो। यसले स्पष्ट देखाउँछ कि नोट खारेजी लागू नगर्दासम्म यस्ता अपराध रोक्न कठिन छ। डिजिटल भुक्तानी लागू भएमा नक्कली नोट प्रयोग गर्ने सम्भावना लगभग समाप्त हुन्छ। नगदले नै यस्तो अवैध कारोबारलाई संरक्षण दिएको देखिन्छ।
अघिल्लो सरकारले यस्ता संरचनात्मक सुधार लागू गर्न नसक्दा आज पनि नक्कली नोट, हुण्डी र कालोबजारीजस्ता समस्या दोहोरिँदै आएका छन्। तर नयाँ सरकारसँग यस्तो प्रणाली लागू गर्ने अवसर छ। यदि नोट खारेजी र डिजिटल कारोबारलाई प्राथमिकता दिइयो भने यस्ता घटनाहरू नियन्त्रणमा ल्याउन सकिनेछ र अर्थतन्त्रलाई पारदर्शी बनाउने दिशामा ठोस कदम चाल्न सकिन्छ।
पुरा समाचार पढ्नुहोस: ekantipur