पूर्वमन्त्री दीपक खड्का पक्राउ: जलेका नोट र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा नयाँ मोड

काठमाडौं । पूर्व ऊर्जा मन्त्री दीपक खड्का निवासबाट बरामद भएको रकम र जलेका नोटसम्बन्धी अनुसन्धानका आधारमा पक्राउ परेका छन् । २४ भदौको जेनजी आन्दोलनका क्रममा उनको घरमा आगजनी भएपछि जलेका नेपाली तथा विदेशी नोटका टुक्रा फेला परेका थिए, जसलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले परीक्षण गरी अनुसन्धान अघि बढाएको हो । प्रहरीका अनुसार यही रकमको स्रोत र सम्भावित अवैध आर्थिक कारोबार (मनी लाउन्डरिङ) को विषयमा छानबिन गर्न उनलाई नियन्त्रणमा लिइएको हो ।

यस घटनाले भ्रष्टाचार नियन्त्रणका लागि पक्राउ, छानबिन र कानुनी कारबाही मात्र पर्याप्त उपाय होइन भन्ने स्पष्ट देखाउँछ । यसरि घरभरि पैशा हुनुको मूल कारण नै नगदमा आधारित अपारदर्शी अर्थतन्त्र हो, जहाँ ठूलो परिमाणको रकम लुकाउन सजिलो हुन्छ । त्यसैले भ्रष्टाचार रोक्ने वास्तविक र दीर्घकालीन उपाय भनेको नोट खारेजी र पूर्ण डिजिटल कारोबार प्रणाली नै हो । विगतका सरकारहरूले यस्तो संरचनात्मक सुधार नगर्नु उनीहरूको कमजोरी मात्र होइन, सम्भवतः भ्रष्टलाई संरक्षण गर्ने प्रवृत्तिको संकेत पनि हुन सक्छ । अब नयाँ सरकारसँग आशा गरिएको छ कि उसले साहसी निर्णय गर्दै नोट खारेजी लागू गरी पारदर्शी प्रणाली निर्माण गर्नेछ, जसले यस्ता घटनालाई जरोबाट नियन्त्रण गर्न सक्छ ।

पुरा समाचार पढ्नुहोस्: OnlineKhabar

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ