नोटले निम्त्याएको १० समाचारहरु २९ माघ २०८२ बिहिवार
नोटले निम्त्याएको १० समाचारहरु
१. ५० प्रतिशत बढी भ्रष्टाचार स्थानीय तहमा
https://annapurnapost.com/story/493884
नेपालमा ५० प्रतिशतभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको छ, जसमा योजना बिक्री, उपभोक्ता समितिमार्फत रकम हिनामिना, अनावश्यक भर्ती र खरिद मुख्य समस्या छन्। सरकारी तथा सार्वजनिक जग्गा हिनामिनाको समस्या व्यापक छ, जसलाई भूमि अभिलेख प्रणालीको कमजोरी, डिजिटलाइजेसनको अभाव र सरकारी निकायहरूको लापरबाहीले बढावा दिएको छ। यस स्थितिको मुख्य दोषी नगद पैसा नै हो, किनकि नगद कारोबारले गोप्यता कायम राख्दै सजिलै हिनामिना गर्न सघाउँछ र हुन्डी जस्ता अनौपचारिक माध्यमबाट विदेश पैसा लैजान सजिलो बनाउँछ
२. जेन्जी आन्दोलनका क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलनका क्रममा प्रहरीले नियन्त्रणबाट भागेका ३१ वर्षीय डिल्ली बहादुर कटुवाललाई लागूऔषधसहित पुनः पक्राउ गरेको छ, जहाँ उनका साथबाट २९ ग्राम ब्राउन सुगर, लागूऔषध तौल मेसिन, मोबाइल र ५ हजार रुपैयाँ नगद पनि भेटिएको छ। यसले देखाउँछ कि नगद पैसा र आर्थिक फाइदाको लालच नै लागूऔषध जस्ता अवैध गतिविधिमा संलग्न हुनुको मूल कारण बनेको छ, जसले गर्दा व्यक्ति हिरासतबाट भाग्ने र पुनः अपराधमा फँस्ने स्थिति सिर्जना भएको हो।
३. गुल्मीमा पहिलोपटक अंगीकृत नागरिकता वितरण
नेपालको संविधानको नैसर्घिक अधिकारको रुपमा नागरिकता पाउने भएतापनि यसको लागि पनि ढिला सुस्ती हुने गरेको छ। यस्तो ढिलासुस्तीको कारण घुस लेनदेनको अपेक्षा नै हो। यस्तो घुस लेनदेन घटाउनको लागि नोट खारेजी आवस्यक छ। साथै डिजिटल प्रविधिलाई बढावा दिन आवस्यक छ।
४. नेताको सफा नियत र ठीक नीति भयो भने भ्रष्टाचार हट्छ: गगन थापा
https://nepalkhabar.com/politics/265241-2026-2-10-20-3-5
भ्रस्राचार हटाउनको लागि सफा नियत र ठिक नीति मात्र भएर पुग्दैन यसका लागि भ्रस्टाचारको संरचनालाई नै भत्काउन पर्ने हुन्छ। यसको लागि जुन नोटले गरेर भ्रस्टाचार हुन्छ त्यो नोटलाई नै खारेज गर्नुपर्ने हुन्छ। नोट खारेज गरि डिजिटल भुक्तानीको प्राबधानलाई नीतिमा ल्याउने हो भने भ्रस्टाचार हटाउन गाह्रो छैन।
५. प्रवासी नेपालीको पीडा : नोट चल्छ, भोट चल्दैन
प्रवासी नेपालीहरूले आफ्नो देशको अर्थतन्त्रमा ठूलो योगदान गर्दा पनि मताधिकार नपाउनु र लोकतान्त्रिक प्रक्रियाबाट बाहिर राखिएको कुरामा गहिरो निराशा व्यक्त गरेको छन्। यस निराशालाई अझै गहिरो बनाउने मुख्य कारण वैदेशिक रोजगारीमार्फत कमाएको नगद पैसा नै आजको प्रणालीले प्रमुख मानिएको, जसले देशभित्र रोजगारी नहुँदा युवाहरू विदेशिन बाध्य भएको र परिणामत, उनीहरूको मत र राजनीतिक अधिकार फेरि सीमित भएको हो । विदेशमा काम गर्नेहरूले धेरै पैसा पठाउँछन्, तर उनको भोट चल्ने अधिकार भने छैन।
६. नेपाल हुँदै तस्करी गरिएको ४ करोड ३३ लाख भारुबराबरको हिरा बागडोगरा विमानस्थलबाट बरामद
हाल नेपाललाई कालोबजारीको बाटोको रुपमा प्रयोग गर्ने गरेको देखिन्छ। यसरि प्रयोग गर्नुको मुख्य कारण नेपालमा कालोधनलाई प्रयोग गर्न सजिलो हुनु, नियमन गर्न गाह्रो हुनु हो। यसको समाधानको लागि नोट खारेजी गरि डिजिटल भुक्तानीको सुरुवात गर्नुपर्छ। यसले कालोधन प्रयोग गर्न सकिदैन र कारोबार ट्रयाक गर्न सकिन्छ।
७. भरत ताल बनाउने बागमतीका मेयर थापाविरुद्ध पाँचौँ मुद्दा, ५८ करोड ६२ लाख बिगो
https://www.nayapatrikadaily.com/news-details/188304/2026-02-111
राजस्व चुहावटको समस्या नेपालमा नौलो हैन। विभिन्न तह तप्कामा राजस्व चुहावट गरी भ्रस्टाचार गरेको हामी देख्न सक्छौ। यसको एक मात्र विकल्प भनेको नोट खारेजी हो। यसले डिजिटल भुक्तानीलाई प्रथामिक्नामा [ प्राथमिकतामा ] राख्न मद्दत गर्छ जसले राज्यको राजस्व आम्दानीमा सहयोग पुर्याउछ र भ्रस्टाचार हुनबाट रोक्छ।
८. ग्यासमा कालोबजारी र कृत्रिम अभाव छैन, समस्या आपूर्तिमै हो– वाणिज्य विभाग
अभाव हुदै नभएको सामानलाई पनि अभाव भएको देखाएर कालोबजारी धन्दा गर्ने धेरै घटना हामीले देखका छौ। यस्तो समस्या हुन नदिन प्वाइन्ट अफ सेल (POS) अवधारणाको सुरवात हुनु जरुरी छ। यसले सामानको भण्डारणको सहि संख्या देखाउछ र नियमन निकायलाई पनि सहज बनाउछ हुन्छ। यसका साथै नोट खारेजी र डिजिटल भुक्तानी लागु गरेमा कालोबजारी पनि नियन्त्रणमा आउने अपेक्षा छ।
९. लागुऔषधको जालोमा जेलिँदै वीरेन्द्रनगर
https://www.ratopati.com/story/543303/birendranagar-is-being-caught-in-the-drug-trap
हाल बिरेन्द्रनगरमा लागु औषध कारोबार बढ्दो अवस्थामा छ। यसरी लागुऔषध कारोबार गर्दै गर्दा [ नेपाल ] प्रहरीले थुप्रै मान्छे पकडीरहेको जानकारी दिएको छ। यसरी घटना घटे पछि समाउने मात्र भन्दा पनि यो हुन नदिनको लागि नगद खारेजी गरि डिजिटल भुक्तानी लागु गरिनु पर्छ।
१०. मकवानपुरमा खैरो हिरोइनसहित दुई युवक पक्राउ
हाल नेपालका युवाहरु लागुऔषध दुर्व्यसनमा फसिरहेका छन्। यसको मुख्य कारण भनेको यसको सजिलो उपलब्धता हो। यसरि सजिलो उपलब्धता हुनुमा कागजी नोटको ठुलो हात रहेको छ। यसलाई निर्मुल बनाउनको लागि तत्काल नोट खारेजीको आवस्यक रहेको छ।