काठमाण्डौंको नयाँ बानेश्वर क्षेत्रमा अवैध रूपमा क्रिप्टो करेन्सी र हुण्डी कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको समाचार सार्वजनिक भएको छ। प्रहरीले चारजनालाई नियन्त्रणमा लिँदै उनीहरूको साथबाट ३० लाख रुपैयाँ नगद, मोबाइल फोन र ल्यापटप जस्ता उपकरण बरामद गरेको छ । प्रहरीले नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत चलाइएका यी अवैध वित्तीय कारोबारका लागि कानूनी कारबाही अगाडि बढाइरहेको छ । अनुसन्धानका प्रारम्भिक विवरणहरूले देखाउँछ कि सहभागिहरूले नगद रकम मार्फत ठूलो परिमाणमा क्रिप्टो र हुण्डी लेनदेन गर्दै आर्थिक अनियमितता र सम्भावित अपराध सञ्चालन गर्दै आएका थिए ।
यसप्रकारको अपराध नारोकिनुको मुख्य कारण हाम्रो अर्थतन्त्रमा नगदको अत्यधिक प्रयोग हो । प्रत्यक्ष नगद लेनदेनमा ट्र्याकिङ लगभग असम्भव भएकाले अवैध गतिविधिहरू सजिलै सञ्चालन हुन्छन् र अपराधीहरूले धनलाई छुपाउन, अनियमित कारोबार गर्न र अवैध फाइदा उठाउन सहज मार्ग पाउँछन् । नगदमा आधारित यस्तो प्रणालीले कालोबजारी, अवैध कारोबार र वित्तीय अपराधका लागि अवसर पैदा गरेको छ । नोट खारेजीको नीति लागू गरिएमा धेरै रकम डिजिटल प्लेटफर्ममार्फत नै लेनदेन हुनुपर्ने भएकाले प्रत्येक कारोबार बैंकिङ प्रणालीमार्फत ट्र्याक हुन सक्छ । यसले अवैध नगद कारोबारलाई कम गर्ने, वित्तीय लेनदेनलाई पारदर्शी बनाउने र सरकारी नियमनलाई प्रभावकारी बनाउनेछ । यस्तो संरचना नभएमा अपराधीहरूले ठूलो नगद रकमको खेलबाट सजिलै बाहिर निस्कन सक्छन् ।
अघिल्लो सरकारले यस्तो दीर्घकालीन संरचना निर्माण गर्न सकेको छैन । तर नयाँ सरकारले नोट खारेजी र डिजिटल भुक्तानी प्रणालीलाई अगाडि बढाएर आर्थिक अपराध र अवैध कारोबार नियन्त्रणतर्फ कदम चाल्नुपर्दछ ।
पुरा समाचार पढ्नुहोस : Ratopati