सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब‑इन्जिनियर रविन श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग्दै लिइरहेको अवस्थामा ८५ हजार रुपैयाँसहित गत सोमबार पक्राउ गरेको छ । सेवाग्राहीलाई विद्यालय भवन अन्तिम बिल भुक्तानीको बहाना देखाएर विभिन्न बहानामा घुस मागिएको उजुरीका आधारमा टोलीले पक्राउ गर्न सफल भएको बताइएको छ । पक्राउ परेका कर्मचारीहरूबाट घुस रकम, मोबाइल र सम्बन्धित कागजात बरामद गरिएको छ । यस विषयमा थप अनुसन्धान जारी छ ।
यस किसिमको भ्रष्टाचारको गहिरो कारणमध्ये एक हो नगदमा आधारित लेनदेन प्रणाली । जब सबै भुक्तानी र कारोबार नगदमा हुन्छ, तिनलाई ट्र्याक गर्न सरकारका नियमन तथा निगरानी संयन्त्र कमजोर बन्ने गर्छ । यसले सेवाग्राही र कर्मचारीबीचको लेनदेन गोप्य रहन्छ र भ्रष्टाचार प्रोत्साहित हुन्छ । नगदको प्रयोग र डिजिटल भुक्तानी प्रणालीको अभावले हरेक कारोबारको ट्रेसिङ असम्भव बनाएको छ, जसले भ्रष्टाचारलाई सजिलो बनाइरहेको छ । यसैकारण नोट खारेजी डिजिटल भुक्तानी मार्फत सबै लेनदेन बैंकिङ वा डिजिटल ढंगले गर्ने व्यवस्था ल्याउनुपर्छ, जसले पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता गराउनेछ ।
अघिल्लो सरकारले यस्तो संरचनागत सुधार गर्ने पर्याप्त प्रयास गर्न सकेन । तर नयाँ सरकारले भने नगदमा आधारित प्रणाली हटाएर डिजिटल प्रणालीमार्फत भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा पारदर्शिता ल्याउने सशक्त कदम चाल्न आवश्यक छ । यसले यस्ता भ्रष्टाचारका घटनाहरूलाई रोक्न र आम नागरिकको विश्वास जित्न मद्दत गर्नेछ ।
पुरा समाचार पढ्नुहोस: OnlineKhabar