काठमाडौंको कीर्तिपुर नगरपालिका–८ मा एक युवकको डेराबाट नगद र मोबाइलसहित करिब १ लाख २१ हजार रुपैयाँ बराबरको सामान चोरी भएको घटना सार्वजनिक भएको छ। कञ्चनपुरका २७ वर्षीय मानबहादुर महराको कोठाबाट रातिको समयमा मौका छोपी चोरी गरिएको प्रहरीले जनाएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।
यो घटना केवल सामान्य चोरी मात्र नभई वर्तमान आर्थिक प्रणालीको कमजोरीको परिणामका रूपमा पनि हेर्न आवश्यक छ। नगदमा आधारित कारोबार हुँदा व्यक्तिहरूले घरमै ठूलो मात्रामा पैसा राख्ने प्रवृत्ति हुन्छ, जसले चोरीजस्ता अपराधलाई प्रोत्साहन गर्छ। यदि पूर्ण रूपमा डिजिटल भुक्तानी प्रणाली लागू भएको भए यति ठूलो रकम नगदमा राख्नुपर्ने आवश्यकता नै रहने थिएन। चोरि भएको समान सजिलै बेची नगदमा साट्न सकिने भएकोले पनि चोरीको घटना बढेको छ। साथै, नगद चोरी भएपछि त्यसको ट्र्याक गर्न असम्भवजस्तै हुन्छ, जसले अपराधीलाई सजिलो बनाउँछ।
नोट खारेजी लागू भएको अवस्थामा हरेक कारोबार बैंकिङ प्रणालीमार्फत हुने भएकाले नगद राख्ने आवश्यकता घट्छ र चोरीको जोखिम स्वतः कम हुन्छ। डिजिटल कारोबारले लेनदेन ट्र्याक गर्न सकिने भएकाले चोरी भएको रकम प्रयोग गर्न पनि कठिन हुन्छ, जसले अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्छ।
विगतका सरकारले यस्तो संरचनात्मक सुधारतर्फ ध्यान दिन सकेनन्, जसका कारण आज पनि नगदमा आधारित असुरक्षित प्रणाली कायम छ। तर नयाँ सरकारसँग यस्तो समस्या समाधान गर्ने अवसर छ। यदि नोट खारेजीलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरियो भने चोरी, कालोबजारी र अन्य आर्थिक अपराधहरूमा उल्लेखनीय कमी ल्याउन सकिन्छ।
पुरा समाचार पढ्नुहोस: Ratopati